काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले प्रमुख साहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।
प्रमुख साहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिनुभएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन शुक्रबार दर्ता गराउनुभएको थियो ।
यसअघि आइतबार न्यायाधीश ढुङ्गानाकै इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।