शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

परिप्रेक्ष र परिस्थितिका बीच मोदीको अमेरिका भ्रमणको परिणाम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

भनिदै छ कि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको राजकीय यात्रालाई लिएर कतिपय मोदीमय सञ्चारकर्मी र सञ्चागृहहरुमा जस्तो उत्साह देखिदै आएको थियो त्यो त्यतिबेला चार दोब्बर बन्यो जतिबेला बिश्वका खर्बपति ब्यापारी टेस्ला र ट्वीटरका मालिक एलन मस्कले स्वयलाई मोदीको फ्यान अर्थात प्रसंशक बताइदिए । बिश्लेषकहरु यस्तो मानिरहेका छन् कि मानौं मोदीको बिश्व गुरुको छबिमाा मस्ककोे यस्तो टिप्पणीले आधिकारिक छाप नै लगाइदियो । अब भारतका प्रधानमन्त्रीको प्रवासका दिनहरु जति जति बित्दै जानेछन्, यसमा उनका कार्यक्रमहरुको जुन खबरहरु प्रकाशमा आउने छन् त्यसपछि बिश्व गुरुको बेलुन अझ फुल्दै जाने कुरा निश्चित छ । निश्चय नै बिश्वको ठूला कारोबारीहरुले यदि भारतमा आफ्नो ब्यापर बढ्ने सम्भावन देख्दछन् र भारतमा लगानी गर्ने सही समयको कुरा गर्दछन् भने त त्यो भारतका लागि प्रसन्नताकै कुरा हुँदो हो ।

यद्यपि अलिक सुझबुझ भएका भारतीय बिश्लेषकहरु भनिरहेका छन् कि ‘हामीले के भुल्नु हुदैन भने अग्रेजहरुले पनि भारतमाा ब्यापारको सम्भावना भनेरै भारतको ढोका ढक्ढक्याएका थिए । अनि त्यसपछि भारतमा आएर यस्तो मजाले जमे कि उनीहरु दुइ सय बर्षम्म गजधम्म भारतमा बसे, पटक्कै हट्दै हटेनन् ।

अनि यदि एलन मस्क साच्चै नै भारतमा लगानी गर्ने कुरा गरिरहेका छन् भने उनी त्यहा आफ्नो कारको कारखाना खोल्न चाहन्छन् अनि यो कुरा उनी त्यहाँ मुनाफा कमाउन सक्ने हिसाबले नै गरिरहेका छन् । परोपकारको हिसावले उनलाई त्यहाँ लगानी गर्ने कुरा हुन्थ्यो भने त उनले यसका लाािग सही समयको प्रतिक्षा गर्ने नै थिएनन् । प्रधानमन्त्री मोदीसँगको भेटघाट पछि एलन मस्कले पत्रकारहरुसँग कुराकानी गर्दै त्यस बैठकका बारेमा बताए । त्यतिबेला जब उनलाई ट्वीटरका पूर्ब सीईओ ज्या डोर्सीलाई किसान आन्दोलनका क्रममा भारत सरकारले ट्वीटमााथि दबाब दिने खालको बयानलाई लिएर प्रश्न गरिदा मस्कले भने कि स्थानीय निमयहरुको पालना गर्नुका अतिरिक्त ट्वीटरसँग कुनै बिकल्प छैन । यदि हामीले स्थानीय सरकारका कानुनहरु पालना गर्दैनौ भने त हामीले त्यहाँ काम बन्द गर्नुपर्ने हुन्छ । यस जबाबबाट एलन मक्सले ज्याक डोर्सीका आरोपहरुको पुष्टि गरिदिए । हेर्नुपर्ने कुरा के हुनेछ भने के भारतीय जनता पार्टीका नेता अब एलन मस्कलाई पनि बिरोधी जस्तै किसिमले हेर्नेछन् या भारतमा उनको लगानीका लागि प्रतिक्षा गर्नेहुन् ।

उल्लेखनीय छ कि ज्याक डोर्सीले एउटा यूट्यूब च्यानलाई दिएको साक्षात्कारमा शक्तिशााली मानिसहरुको दबाब भएको सवालमा भाारतको किसान आन्दोनलको क्रममा ट्वीटरमा परिरहेको दबाबको उल्लेख गरेका थिए । प्रश्नमा भारतको नाम नहुँदा नहुँदै पनि ट्वीटरका तत्कालीन सिईओलाई भारत सरकारको नाम नै सम्झना भयो जबकि ट्वीटर धेरै देशहरुमा चलाउने गरिन्छ । यसबाट बुझ्न सकिन्छ कि भारतमा अभिब्यक्तिको स्वतन्त्रता र लोकतन्त्रको क्षरणलाई लिएर अब बिश्व स्तरमै प्रश्नहरु उठ्न थालेका छन् । अमेरिका पनि सवाल उठाउनेमा सामेल रहेको छ । अहिले मोदीको राजकीय यात्राका बेला डेमोक्रेट्स खेमाका कम्तिमा ७५ सांसदहरुले जो बाइडेनलाई पत्र लेखेर उनले भारतीय प्रधानमन्त्री समक्ष मानबाधिकार सम्वन्धि प्रश्न उठाउन् भनेर आग्रह गरेका छन् ।

अमेरिकी सांसदहरुले भनेका छन् कि ‘भारतमा धार्मिक असहिष्णुत, प्रेस स्वतन्त्रता र इण्टरनेटमाथि बारम्बर प्रतिबन्ध र नागरिक समाजका समूहरुलाई निशाना बनाउने कुरालाई लिएर चिन्तित छौं’ । मोदीको पार्टी भाजपाले ती अमेरिकी डेमोक्रेटिक सांसदहरुको चिन्तालाई एक झट्कामा खारेज पनि गर्न सक्दैन । किन पनि भने भारतको मणिपुरमा केही दिन पहिला मात्रैदेखि जातिय धार्मिक हिंसा र इण्टरनेट प्रतिबन्ध चलिरहेको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदी न एक दिन पनि मणिपुर राज्यम गए, न त्यहाँको स्थितिबारे कुनै टिप्पणी गरे न मणिपुरका राजनीति सहकर्मीहरुको प्रतिनिधि मण्डलसाँगै भेटघाट र कुराकानी गरे । भारतमा मात्रै होइन, अमेरिकामा पनि मानिसहरुले यसप्रति नै अनभिज्ञता र उपेक्षा देखाएका छन् । समाचार एजेन्सी रायटर्सको मुताबिक अमेरिकी सांसदहरुले पत्रमा लेखेका छन् – ‘हामी कुनै बिशेष भारतीय नेता या राजनीति दलको समर्थन गर्दैनौ । यो भारतका मानिसहरुको निर्णय हो । तर हामी ती महत्वपूर्ण सिद्धान्तहरुको समर्थनमा खडा छौं जुन अमेरिकी बिदेश नीतिको एउटा प्रमुख हिस्सा हुनु पर्दछ’ ।

यस पत्रको भाषाबाट आभाष मिल्दछ कि जति बेला नरेन्द्र मोदीले २०१९ मा ह्यस्टनमा मोदी कार्यक्रममा त्यतिबेला ट्रम्स सरकारलाई प्रधानमन्त्री मोदीको अमरिका यात्राको बेला बिरोधी नारा दिएर अमेरिकाको आन्तरिक राजनीतिमा हस्तक्षेपको कोशिश गरेका थिए त्यसबाट उनको छबि बिग्रेको थियो । अनि जो बाइडेनले पनि ट्रम्प सरकार बिरोधी नारा लगाउने मोदीलाई राजकीय अतिथि बनाइरहेका छन् भने यसका पछाडि अमेरिकाका ब्यापारिक, सामरिक स्वार्थहरु निश्चयनै छन् । चीनको बढ्दो शक्ति, रुस र चीनको घनिष्ठता, कतिपय यूरोपेली देशहरुको डगमगाउँदो स्थितिका बीच अमेरिकालाई आफ्नो निर्यात र रक्षा ब्यापारका लागि ठूलो बजाार चाहिएको छ । भारतले त्यो आवश्यकता पूरा गर्दछ । उसै पनि जो बाइडेनले मार्चमा क्यानाडा यात्राका बेला भनेकै थिए कि उनको रणनीतिक लक्ष बिश्वका बाँकी हिस्साहरुसँग सम्वन्ध सुधार गर्नु हो । किनकि चीन र रुसका बिरुद्ध बिभिन्न देशहरुलाई पंक्तिबद्ध गरेरै अमेरिकाले आफ्नो फाइदा लिन सक्तछ । स्पष्टै छ कि भारत अमेरिकाको यो लक्ष प्राप्तिमा सहायक हुन सक्तछ ।

भारतीय एकथरी बिश्लेषहरु भनिरहेका छन् –मोदीको अमेरिका भ्रमणको वाहावाहीको काम भारतीय जनता पार्टीको प्रचार तन्त्रलाई गरिरहन दिइनु पर्दछ तर कुन सत्यताबाट मुख मोड्नु हुँदैन भने भाारतमा लोकतन्त्र, मानबाधिका,संबैधानिक मूल्यहरुको गिरावटबाट उसको छबि बिग्रने खतरा छ । यदि ७५ सांसदले भारतका प्रधानमन्त्रीको भ्रमणका बेला मानबाधिकारको प्रश्न उठाउँदै छन् भने या राम्रो कुरा होइन ।यसै जून महिनाको आरम्भमै अमेरिकाका सत्र अल्पसंख्यक, दलित र मानबाधिकार संगठनहरु मिलेर मोदी यात्राको बिरोध गरेका थिए ।

त्यहाँ बिरोध दर्ज गर्नका लागि बीबीसीको डकोमेण्ट्री प्रदर्शन, न्यूयोर्कमा ठूलो मात्रामा हाउडी डेमोक्रेसी नामको आयोजन आदि सामेल रहेका थिए । यसका अतिरिक्त भारतका प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण भन्दा ठीक पहिला अमेरिकी बिदेश बिभागका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कार्यालयले आफ्नो प्रतिबेदनमाा भारतमा धार्मिक अल्पसंख्यकहरुको सरकारी संयन्त्रद्वारा हुने गरेको उत्पीडनमाथि चिन्ता पनि जनाएको थियो । अनि गएको बर्ष अमेरिकी बिदेशमन्त्री एण्टनी ब्लिंकेनले भारतलाई एउटा यस्तो देश भनेका थिए जहाँ धार्मिक स्वतन्त्रता र धार्मिक अल्पसंख्यकहरुका अधिकारहरु खतरामा छन् । अनि हालै मोदी अमेरिकाको भ्रमणमा जानुभन्दा एक दिन पहिला मात्रै पनि ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा परिषदमाा सामरिक सञ्चारका समन्वयकर्ता जोन किर्बीले आफ्नो आधिकारिक टिप्पणीमा भनेका थिए कि अमेरिकी प्रशासन चिन्ता ब्यक्त गर्नमाा कहिल्यै पनि तर्किदैन जुन चिन्ता बिश्वमा कसैसँग पनि ब्यक्त गर्दछ भनेका थिए । यी सम्पूर्ण कराकानी र टिप्पण्ीहरुको आलोकमा नै भारतका प्रधानमन्त्री मोदीको अमेरिकाको राजकीय यात्राको समीक्षा गरिनु पर्दछ । केवल उज्यालो पक्षलाई देखाइनु या देख्नु आफैलाई धोका दिनु सरह हुने कुरा एकथरी भारतीय बिश्लेषहरुले औंल्याइरहेका छन् ।

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

पश्चातापमा एमाले पार्टीका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक