आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्रीसमा आप्रवासी बाेकेको डुङ्गा दुर्घटना हुँदा २८० भन्दा बढी पाकिस्तानी युवा परेको आशङ्का

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ग्रीसमा आप्रवासी बाेकेको डुङ्गा दुर्घटना हुँदा २८० भन्दा बढी पाकिस्तानी युवा परेको आशङ्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् ।

गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेको उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।

डुङ्गा डुब्दा सयौँ मानिस डुङ्गामा थिए भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ ।

घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो । प्रत्यक्षदर्शीहरूको विवरणअनुसार डुङ्गासँगै सयौं मानिस पानीमा डुबेका थिए र उनीहरूको अवशेष अझै समुद्रमा हराइरहेको छ ।

पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूको सवालको जवाफ दिँदै भने, ‘अहिलेसम्म २८१ पाकिस्तानी परिवारले हामीसँग सम्पर्क गरेका छन् र आफ्ना बच्चाहरु यस दुर्घटनाको शिकार भएको हुन सक्ने बताएका छन् ।’

सनउल्लाहका अनुसार डुङ्गा दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकलाई सकुशल उद्धार गरिएको थियो ।

उनले भने, ‘सम्भवतः यसअघि कुनै पनि घटनामा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थिएन।’

पाकिस्तान एक आर्थिक मन्दीको चपेटामा छ । यसका कारण धेरै पाकिस्तानी परिवार गरिबीमा फसेका छन् र सुरक्षित जीवनको खोजीमा अवैध आप्रवासनले बढावा पाएको छ । प्रायजसो युवाहरू युरोपमा पुगी वित्तीयरूपमा आफूलाई बलियो बनाउन र परिवारको रेखदेखका लागि सम्पत्तिको जोहो गर्न चाहन्छन् ।

तिनीहरूले लिने मार्गहरू भिन्न भिन्न रहने गरेका छन् । कतिपयले कानुनी रूपमा नै उत्तरी अफ्रिकामा पुगी त्यहाँबाट मौका पाउँदा समुद्रको जोखिमपूर्ण यात्रा गर्दै यूरोप छिर्छन् भने केहीले इरान र टर्की हुँदै जमिनको बाटो यूरोपको यात्रा तय गर्छन् ।

पाकिस्तानको फेडरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए) ले मृतकका परिवारबाट डिएनए नमूना सङ्कलन गरिरहेको छ । अहिलेसम्म १९३ वटा रगत र कपालको नमूना लिइएको छ ।

तर बेपत्ता हुनेको सङ्ख्या फेला परेका शवको सङ्ख्याभन्दा निकै बढी छ, जसले पाकिस्तान प्रशासित काश्मिर र पूर्वी पञ्जाब प्रान्तका शोकसन्तप्त परिवारको आशालाई कमजोर बनाएको छ ।

घटनामा दुई भतिजा गुमाएका ५५ वर्षीय जफर इक्बालले भने, ‘हामीले कम्तीमा पनि शव ल्याउनुपर्छ ताकि आमाबाबु र आफन्तले मानसिक शान्ति पाउन सकून् । सरकारले जतिसक्दो चाँडो अनुसन्धान पूरा गर्नुपर्छ ।’

पञ्जाब र पाकिस्तान प्रशासित काश्मिरमा स्थानीयका अनुसार विदेश पठाउन ‘एजेन्ट’ भनिने मानव तस्करहरूको कालो बजार फस्टाउँदै गएको छ, जसले ठूलो शुल्क तिरेर युरोपमा अवैध आप्रवासनको व्यवस्था गर्छन् ।

इस्लामाबादस्थित एफआईएका एक अधिकारीले एएफपीसँग शुक्रबार भने, ‘अहिलेसम्म २५ जना एजेन्टलाई पक्राउ गरिएको छ । मानव तस्करविरुद्ध छापा मार्ने काम भइरहेको छ र अनुसन्धान जारी छ।’

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

५ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक