काठमाडाैं । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ।
बिहीबारको लागि बजार मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा ८ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ।
बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घट्दै १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


