काठमाडौँ – नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा बाराका एक जनालाई जन्मकैदको सजाय सुनाइएको छ।
बाराको आदर्श कोतवाल गाउँपालिका–८ निवासी सन्तोष साह कानुलाई बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।
जेठ ३० गते न्यायाधीश प्रकाश राउतको इजलासले कानुलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। कानुले ०७८ पुस २५ गते सोही गाउँपालिका वडा नम्बर ७ बस्ने ९ वर्षीया बालिकालाई ललाइफकाइ आफ्नो कुखुरा फर्ममा लगेर करणी गरेर हत्या गरेका थिए।
हत्यालगत्तै साहले बालिकाको शवनजिकैको जमुनी खोलामा फालेका थिए। सोही मुद्दामा प्रतिवादी बनाइएकी कानुकी श्रीमती शान्तिदेवीलाई भने अदालतले सफाइ दिएको छ।


