शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

लुम्बिनी ।  अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन ।  पाकोस् पनि कसरी रु मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उहाँले भन्नुभयो, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।”

सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघि सम्म एक बिघा खेतमा कालानमक धान रोप्नुहुन्थ्यो । राम्रो पैदावार हुने उन्नत जातका अन्य बीउ भित्रिएसँगै ढिलो पाक्ने कालानमकमा रोगकीरोको प्रकोप बढी देखा पर्न थालेपछि त्यसलाई विस्थापित गर्दै उहाँले अन्य जातका हाइब्रिड धान रोप्न थाल्नुभयो ।

“दुःख पनि धेरै, उत्पादन पनि कम हुने, त्यसमाथि रोगको प्रकोप पनि देखिन थाल्यो”, अगुवा कृषक अशोक त्रिपाठीले भन्नुभयो, “सभ्यतासँग जोडिएको कालानमक, कनकजिरा, बासमती र गौरिया लगायतका रैथानेबाली जोगाउनै गाह्रो भयो, त्यसैले छोटो समयमा पाक्ने र धेरै उब्जनी दिने उन्नत जातका धान लगाइरहेका छौँ ।” कालानमक चामल मानव स्वास्थ्यका लागि उत्तम आहार मानिन्छ । यसलाई भगवान् बुद्धको भोजनका रुपमा प्रयोग भएको मान्यता रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा लगानीअनुसारको प्रतिफल नपाएपछि किसानले कालानमक रोप्न छाड्दै गर्दा यसको बीउसमेत लोप हुने अवस्थामा पुगेको छ । बौद्धकालीन संस्कृतिसँग जोडिएको कालानमक लोप हुन लागेको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले चिन्ता व्यक्त गर्नुभयो । “हाइब्रिड चामलले पेट त भरिन्छ , तर स्वाद हुँदैन,” उहाँले भन्नुभयो, “खेतहरू हाइब्रिड धानले भरिन थाले, कालानमक खान पनि चाँडपर्व कुर्नुपर्ने भयो ।”

यसको उत्पादकत्व कम तर बजारमूल्य बढी छ । अन्य धान प्रतिहेक्टर चार मेट्रिक टन उत्पादन हुँदा कालानमक २।१ मेट्रिक टन मात्रै हुन्छ । तर चामल बिक्रीमा भने किसानलाई बराबरीको लाभ छ । अन्य चामलको भन्दा यो तीन गुणा बढी मूल्यमा बिक्री हुन्छ । अहिले यसको बजार मूल्य प्रतिकेजी एक सय ६० देखि एक सय ८० रुपैयाँसम्म पर्दछ ।

“कपिलवस्तु राज्यमा कालानमक धानको प्रशस्त खेती हुने गरेको थियो, जुन जलमार्गबाट भारतका अन्य राज्यसम्म पुग्ने गरेको थियो”, कालानमक संरक्षणकर्ता तथा बुद्धधर्मका स्थानीय शोधकर्ता भोला गुप्ताले भन्नुभयो, “संस्कृतमा ओदन भनेको भात हो, शुद्ध ओदन  ९शुद्ध भात० उत्पादन गर्ने भएकाले राजाको नाम शुद्धोदन भएको हो ।”

पछिल्लो समयमा कालानमक चामलको ‘प्याकेजिङ’ र ‘ब्रान्डिङ’ गरिरहेको लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टरले मात्र एक हेक्टरमा कालानमक खेती गरेको संस्थाका अध्यक्ष पूर्णिमादेवी पाठकले बताउनुभयो । उहाँका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्र कूल १० हेक्टर बढी क्षेत्रफलमा कालानमक धान लगाउने गरिएको छ ।

जिल्लाभरि करिब ५० हेक्टरमा कालानमक धान खेती सुरु भएको उहाँले बताउनुभयो । “लगानीअनुसार यसले सङ्ख्यात्मक प्रतिफल दिन नसक्दा किसानले खेती गर्न छाड्न थालेका छन्,” उहाँले भन्नुभयो, “कालानमक धानको दाना बन्ने बेलामा कीरो बढी लाग्ने र चुसेर नष्ट पार्ने हँुदा किसानहरु यसको खेतीबाट विमुख हुन थालेका छन् ।”

खाँदा नरम, स्वादिलो र मगमग बास्ना दिने कालानमक मानव स्वास्थ्यका लागि असाध्यै पोषिलो मानिन्छ । यो चामलको स्वाद लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई चखाउन सके यसको संरक्षणसँगै किसानले आर्थिक लाभ लिन सक्ने पाठकको भनाइ छ । पाँच वर्षदेखि लुम्बिनीको रैथाने कालानमक चामलको प्रचार–प्रसार, संरक्षण र बजारीकरण गर्दै आउनुभएका पाठकले भन्नुभयो, “कालानमक चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ ।”

मसिनो र बास्नादारको सूचीमा पर्ने कालानमक धानको भूस कालो हुन्छ । अहिले बजारमा हाइब्रिड र रैथाने गरी दुई खालको कालानमक धानको बीउ पाइने गरेको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिलकुमार कानु बनियाले बताउनुभयो । उहाँका अनुसार रुपन्देहीमा ६४ हजार आठ सय १९ हेक्टर क्षेत्रफलमध्ये कमै मात्र कालानमक धान खेती गरिएको छ । उहाँले भन्नुभयो, “कालानमकका लागि प्रसिद्ध कपिलवस्तु, रुपन्देही र पश्चिम परासीका केही समृद्ध किसानले निजी प्रयोजनका लागि यसको खेती गर्ने गरेका छन् ।”

पछिल्ला वर्षहरूमा कपिलवस्तुमा मात्रै पाँच हजार हेक्टरमा कालानामक धान लगाइन्थ्यो । अहिले भने कालानमकको जस्तै बास्ना दिने भारतीय बीउ कम्पनीबाट उत्पादित गोपालभोग धानसमेत गरेर कूल चार सय ७५ हेक्टरमा घटाएर यसको खेती गरिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ ।

असार पूर्णिमाका दिन तिलौराकोट दरबारबाहिर धान मङ्गलोत्सव मनाएर कालानमक धान लगाइने गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी ९भिक्षु मेत्तेय०ले बताउनुभयो । बढी पानी चाहिने र रोग तथा कीरोको प्रकोप लाग्ने भएकाले कृषकहरूले बिस्तारै यो धान लगाउन छाड्दै गएको उहाँको बुझाइ छ ।

उहाँले प्राचीन कपिलवस्तुको गौरवका रुपमा रहेको कालानमक धानलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,  “नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले कालानमक धानलाई बुद्धकालीन मानेर चार वर्षअघि नै शुद्धोदन नामको उन्नत जातको कालानमक धानको बीउसमेत विकास गरेको थियो । तर त्यसबारे कृषकलाई त्यति जानकारी नै छैन ।”

कालानमक नेपालकै रैथाने भएकाले यसको बीउ जोगाउन किसानलगायत सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने तर्क उहाँको छ । “अहिले पुराना कालानमक लोप भइसक्यो कि जस्तो छ”, उहाँले भन्नुभयो, “यसलाई जोगाउन नार्कले चासो दिनुपर्छ ।” कपिलवस्तु, रुपन्देही र पश्चिम परासी जिल्लामा करिब छ सय हेक्टरमा यसको खेती भइरहेको उपाध्यक्ष त्रिपाठीको भनाइ छ । उहाँका अनुसार कपिलवस्तुमा साढे तीन सय हेक्टर कालानमक र ५० हेक्टर गोपालभोग लगाइने गरिएको छ ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले भन्नुभयो, “पुराना जातका धान जतिको मीठो, स्वादिलो र स्वास्थ्यवद्र्धक अहिलेका नयाँ जातमा छैनन् । तर पनि थोरै खेतमा लगाएको बालीले किसानलाई वर्षभरि खानका लागि पनि पुग्ने खालका नयाँ उन्नत जातका धान लगाउनु प¥यो ।”

गाउँपालिका अध्यक्ष तथा कालानमक संरक्षणकर्ता श्रीवास्तवले परिवर्तित समयसँगै लोपोन्मुख पुराना प्रजातिका धानको अध्ययन अनुसन्धान गरी विकसित गर्दै लगेमा फेरि उत्पादनमा आउन सक्ने बताउनुभयो । कृषिसम्बन्धी परम्परागत विचारधारामा परिवर्तन ल्याई उत्पादन बढाउने उद्देश्यका साथ आफू अघि बढ्ने प्रयासमा रहेको श्रीवास्तवले बताउनुभयो । समयानुकूल सस्तो र प्रभावकारी नयाँ प्रविधि कृषकसमक्ष पुग्न नसकेपछि उत्पादनमा ह्रास आएको उहाँको भनाइ छ । दीर्घकालीन कृषि योजनालाई आधार मानी पकेट क्षेत्रको विकास र व्यावसायिकीकरणमा प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न सके कालानमकको उत्पादन राम्रो हुने र यसबाट बढी आर्थिक लाभ लिनसक्ने उहाँको सुझाव छ । रासस

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक