आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कूटनीतिक सम्बन्धबारे समान धारणा हुनुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कूटनीतिक सम्बन्धबारे समान धारणा हुनुपर्नेमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले नेपालले भू–राजनीतिक जटिलताको संवेदनशीलतालाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउन नसके नेपालले अहिलेको भन्दा असहज परिस्थितिको सामना गर्नुपर्ने स्थिति आउने उनको भनाइ थियो।

कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्षबीच समान सोच र धारणा हुनुपर्नेमा उनले जोड दिए।

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा दलगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने पुनले बताए।

‘हामी भूराजनीतिक जटिलताको सामना गरिरहेका छौं’, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मंगलबार पुनले भने, ‘कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्छ, राष्ट्रिय स्वार्थलाई गौण बनाएर दलगत स्वार्थमा चल्दा हामी अप्ठ्यारोमा पर्ने स्थिति छ।’

पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको भारत भ्रमणका क्रममा ‘प्रथम महिला’ बारे जवाफ दिने दायित्व परराष्ट्र मन्त्रालयको भएको उल्लेख गरे।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उनकी स्वकीय सचिवसमेत रहेकी पुत्री गंगा दाहालको सक्रियता र कतिपय भेटहरूमा उनको उपस्थितिलाई लिएर एमालेसहित प्रतिपक्षी दलले प्रश्न उठाएका थिए।

पुनले राष्ट्र प्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने र कसलाई नमान्ने भन्नेबारे स्पष्ट नीति हुनुपर्ने र परराष्ट्र मन्त्रालयले त्यसमा अग्रसरता देखाउनुपर्ने उल्लेख गरे।

विगतमा गिरिजाप्रसाद कोइरालादेखि प्रथम राष्ट्रपति डा। रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विदेश भ्रमणमा छोरीलाई प्रथम महिलाका रूपमा लगेको स्मरण पुनले गरे।

‘श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रूपमा लाने प्रचलन पहिल्यैदेखिको हो’, उनले भने, ‘यसो गर्न मिल्ने कि नमिल्ने भन्नेबारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने नै थिएन।’

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण को पदमा हुँदा भयो भन्ने आधारमा धारणा बनाउन नमिल्ने तर्क उनले गरे।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

५ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक