आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अखण्ड भारत नक्साको वास्तविकता बुझेर रिपोर्ट नेपाली दूतावासलाई निर्देशन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अखण्ड भारत नक्साको वास्तविकता बुझेर रिपोर्ट नेपाली दूतावासलाई निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नक्सा राखेपछि नेपालमा विवाद भएको छ । मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि सांसदहरुले परराष्ट्रमन्त्री एनपी साउदलाई यसबारे किन नबोलेको भनेर प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री साउदले यो म्युरलको क्याप्सनमा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र यो राजनीतिक विषय नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्री स्वयंले बताएको जानकारी दिए ।

उनले अघि भने, ‘हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउनु हुन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको यो समितिलाई स्पष्ट गर्न चाहन्छु ।’

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मन्त्री साउदले यो नक्साबारे आफूलाई थाहा नभएको भनेर प्रतिक्रिया दिएको विषयमा पनि विवाद भएको थियो ।

यस्तो नक्सा कुन–कुन ठाउँमा राखेको हो रु किन राखेको हो रु भनेर भारतले नबोलेको र दिल्लीस्थित नेपाली दूतावासले पनि अध्ययन नगरिसकेको अवस्थामा पूर्ण जानकारी नभई प्रतिक्रिया दिनु परिपक्क हुने परराष्ट्रमन्त्री साउदले बताए । उनले अघि भने, ‘दुई देशको संवेदनशील सम्बन्ध, त्यसमा पनि एउटा देशको प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्रीले भ्रमण र दुई देशको सम्बन्धमा पूर्ण जानकारी नलिई प्रतिक्रिया दिनु परिपक्क हुन्न भनेको मात्र हुँ ।’

नेपालको नक्साबारे सबै प्रष्ट रहेको र सर्वसम्मत रुपमा संविधान नै संशोधन गरेर अनुसूचीमा समावेश गरिसकेको भन्दै उनले आफ्नै नक्सा विवादास्पद बनाइराख्न र नक्साबारे धारणा के हो भनेर सोधिराख्नु नपर्ने समेत उनले बताए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

५ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक