महाशाखा प्रमुख डाक्टर सर्वेश शर्माले रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालाई डायलासिस मेसिन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । महाशाखा प्रमुख शर्माले नागरिकको जीवन रक्षाका लागि मेसिनको सही उपयोग हुनेमा विश्वास गर्नुभयो । रामपुर अस्पतालका लागि मेसिन प्राप्त भएपछि यस भेगका नागरिकलाई डायलासिस सेवा लिन सहज र सरल हुने नगरप्रमुख थापाले बताउनुभयो ।
डाइलासिस मेसिनको अभावमा रामपुरसहित गण्डकीवेशी क्षेत्रका मृगौला रोगका बिरामीहरू डाइलासिसका लागि तानसेन, बुटवल, पोखरा जानुपर्ने बाध्यता छ । पछिल्लो समय मृगौला पीडित बिरामीको सङ्ख्या बढेकाले डायलासिस मेसिन आवश्यकता बढेको रामपुर अस्पतालले जनाएको छ ।
रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पताल तत्कालै डायलासिस मेसिन जडान गरेर सेवा आरम्भ गरिने जानकारी दिनुभयो ।


