आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकप छनोट: टेस्ट राष्ट्रका लागि ‘सरप्राइज’ प्याकेज बन्न सक्छ नेपाल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकप छनोट: टेस्ट राष्ट्रका लागि ‘सरप्राइज’ प्याकेज बन्न सक्छ नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट औपचारिक रुपमा एकदिवसीय क्रिकेटमा बलिया टेस्ट राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल एक अर्को ‘एतिहासिक यात्रा’को ढोकाका रुपमा रहेको एकदिवसीय विश्वकप छनोटको यात्रा सुरु गर्दै गर्दा प्रतियोगितामा टेस्ट राष्ट्रपछि सर्वाधिक बढी नजर नेपालमाथि छ।

विश्वकप छनोट पुग्नका लागि नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै अविश्वसनीय यात्रा तय गरेकाले पनि नेपालमाथि सबैको नजर स्वभाविक हो।

आइसिसीले नेपाललाई टेस्ट राष्ट्रविरुद्ध ‘वार्मअप’ खेलमा समेत अभ्यासको मौका दिएन। जसले नेपाली समर्थकहरु रुष्ट बने तर प्रशिक्षक मोन्टी देशाई भने यसलाई अर्को अवसरका रुपमा प्रयोग गर्ने तयारीमा छन्।

नेपालको खेल शैलीबारे अनविज्ञ रहेका टेस्ट राष्ट्रका लागि  नेपाल ‘सरप्राइज’ प्याकेज बन्ने छ। यदि नेपाली ब्याटिङ लाइनअप पुरै ५० ओभर टिक्नसकेमा जुनसुकै देशलाई पराजित गर्ने तागत नेपालसँग भएको कप्तान रोहित पौडेल बताउँछन्।

विश्वकप छनोटको सुपर सिक्समा प्रवेशको लक्ष्य लिएको नेपालको समूहमा दुईवटा टेस्ट राष्ट्र रहेका छन्। वेस्ट इन्डिज र जिम्बाब्वेसँगै नेदरल्यान्ड्स र अमेरिका रहेको यो समूहमा नेपाल आफूलाई बलियो प्रमाणित गर्ने प्रयासमा रहेको छ।

समूहको पहिलो खेलमा नै नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध एकदिवसीय खेल खेल्ने छ। पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दै छनोटको सुरुवात गर्दा स्वभाविक रुपमा नेपाल बलियो सुरुवातको प्रतिक्षामा हुनेछ।

नेपालले आफ्नो ओडीआई इतिहासमा पहिलो पटक टेस्ट टोलीविरुद्ध प्रतिस्पर्धा गर्दैगर्दा नयाँ अवसरहरुको प्रतिक्षामा समेत हुनेछ। २०१८ मा जिम्बाब्वेमै भएको आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै ओडीआई मान्यता पाएको  थियो। संयोग ६ वर्षपछि जिम्बाब्वेमै नेपाल घरेलु टोलीविरुद्ध खेल्दै टेस्ट राष्ट्रविरुद्ध एकदिवसीय पहिलो खेलको कीर्तिमान बनाउँदै छ।

अहिलेसम्म नेपालले कुल ५१ ओडीआई खेल खेलेको छ। जसमा धेरैजसो खेलहरु विश्वकप क्रिकेट लिग-२ का दौरान रहेका थिए। नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक १४ खेल युएईसँग खेल्दा पपुवा न्युगिनीसँग १० एकदिवसीय खेल खेलेको छ। त्यस्तै, ओमानसँग ७ खेल खेल्दा नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग  समान ६-६ खेल खेलेको छ। त्यस्तै, नेदरल्यान्ड्ससँग २ खेल खेलेको नेपालको अब टेस्ट राष्ट्रविरुद्ध परीक्षा हुनेछ।

नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग मंगलबार (२० जुन) मा खेल्ने छ। त्यस्तै, बिहीबार (२२ जुन) वेस्टइन्डिजसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेदरल्यन्डसँग (२४ जुनमा) खेल्ने छ। यदि नेपाल समूहमा शीर्ष तीनमा पर्नसकेमा २९ जुनबाट सुपर सिक्सका खेलहरु हुनेछन्।

समूह ‘ए’: नेपाल, नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज, जिम्बाब्वे

समूह ‘बी’: आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका, युएई

विश्वकप छनोट खेल्ने नेपाली टोलीः

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, अर्जुन साउद र किशोर महतो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक