आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारका सबै सार्वजनिक निकायले खरिद प्रक्रिया अपनाउँदा लागु गर्दै आइरहेको विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल शुरू भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै उच्च अधिकारीहरूलाई प्रभावमा पारी उनीहरूकै संलग्नतामा त्यस्तो चलखेल थालिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद प्रक्रियालाई अझै व्यवस्थित र सुशासनयुक्त बनाउने उद्देश्यले ‘इलेक्ट्रोनिक गभरमेन्ट प्रोक्युरमेन्ट (ईजीपी) सम्बन्धी निर्देशिका बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो ।

तर, सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाएको सो निर्देशिकालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लामो समयसम्म रोकेर प्रधानमन्त्री कार्यालयले छुट्टै निर्देशिका बनाएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरू आश्चर्यमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकृतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै इजिपी निर्देशिकालाई विकृत बनाउन विभिन्न पक्षहरूले खेल खेलिरहेका छन् ।

निवर्तमान मुख्य सचिव शंकरदास वैरागीले समेत ईजीपी निर्देशिकालाई राम्रो र सुशासनयुक्त बनाउन पहल नगरेको आरोप लागेको छ । वैरागीकै उदासीनताले सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाएको ईजीपी निर्देशिका अगाडि बढ्न नसकेको स्रोतको दाबी छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाएको निर्देशिकालाई तोडमोड गरेर प्रधानमन्त्री कार्यालयले बनाएको निर्देशिका पारित भएमा त्यसले जुनसुकै बेला पनि अनलाइन विडिङ प्रणालीलाई बन्द गराइदिन सक्ने खतरा देखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरूको दाबी छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भद्रगोल अवस्थामा प्रस्ताव गरिएको ईजीपी निर्देशिका हुबहु पारित भएमा त्यसले कुनै पनि समयमा अनलाइन विडिङ प्रणाली नै सधैका लागि बन्द गराइदिन सक्ने खतरा बढेको दाबी गरे । अनलाइन विडिङ बन्द गराएर पुरानै खालको ठेक्का पट्टामा निवेदन प्रणाली लागु गराउन खोजिएको र त्यसो भएमा भ्रष्टाचार र अनियमितता अझै बढ्ने कार्यालयका अधिकारीहरूको भनाइ छ ।

केहि समयअघि मात्रै सरकारी सार्वजनिक निकायले खरिद प्रणाली र ठेक्का आह्वान गर्दा कार्यालयमा नै आएर निवेदन र दरखास्त दर्ता गर्नुपर्ने व्यवस्था थियो । त्यस्तो हुँदा कतिपय ठेकेदारले सिन्डिेकट कायम गर्दै ठेक्कामा एकाधिकार कायम गराउँदै आएका थिए भने कैयौं ठाउमा झगडा र कुटपिट समेत हुने गरेको थियो । त्यस्तो प्रणालीले व्यापक विकृति र अनियमितता निम्ताएको भन्दै सरकारले सबै सार्वजनिक निकायममा अनलाइन विडिङलाई अनिवार्य बनाएको थियो । यसरी अनलाइन विडिङ शुरू भएपछि सरकारी खरिद प्रक्रिया र सूचना प्रणाली व्यवस्थित र प्रणालीगत अवस्थामा आएको थियो ।

त्यसरी व्यवस्थित रूपमा सञ्चालनमा आइरहेको ई–विडिङ प्रक्रियालाई अवरुद्ध बनाउने खेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाटै भइरहेको अवस्थामा भर्खरै आउनुभएका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सो खेललाई रोक्लान् वा अगाडि बढाउलान् भन्नेमा सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरू अन्यौलमा छन् । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

४३ मिनेट अगाडि
त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक