आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं  – तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ। पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेका यहाँका स्थानीय बताउँछन्।
बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता थपिएको बुढापाका बताउँछन्। सुनसान बस्तीकै कारण विगतमा जङ्गलतिरै रमाउने बाँदर अहिले घरदैलोमा आएर सताउने गरेका स्थानीयको दुःखेसो छ। गाउँ सुन्दर भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सके सहर पसेका युवा फेरी गाउँ फर्किने स्थानीयको आशा छ।
यस गाउँमा विसं २०५० सालअघिसम्म झण्डै ५०/६० घरपरिवार बस्थे। स्वच्छ हावापानीसहित हिमाल, पहाड देखिने यस सुन्दर गाउँमा अहिले मुस्किलले १५/१६ घर छन्। “सुविधाका नाममा गाउँ छाडेर सहर पस्ने रोगले यस गाउँलाई पनि छोएको छ। अहिले गाउँ पूरै सुनसान छ”, स्थानीय ७६ वर्षीय गजबहादुर गुरुङले भने। “पचपन्न, छपन्न सालसम्म पनि गाउँमा २५/३० घर थिए र मानिसहरु पनि बस्थे”, उनले भने, “अहिले १५/१६ घर मात्र छन्। तिनमा पनि धेरैजसो वृद्धवृद्धा बस्छन्, युवा छैनन्।”
लाँकुरीबोट तीन सय वर्ष पुरानो गुरुङ बस्ती रहेको बताउँदै यहाँका पुर्खा क्होलासोँथरबाट आएका उनले जानकारी दिए। उनका अनुसार क्होलासोँथरबाट खिलाङ, पर्वत भोक्सिङ देउराली, स्याङ्जा लामादी हुँदै पुर्खा यस ठाउँमा आएर बसोबास गरेको इतिहास छ।
लाँकुरीबोट गाउँको सिरानमा रमाइलो थुम्को छ। स्थानीयले यसलाई थुम्कोडाँडा भन्दै आएका छन्। समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस डाँडाबाट अन्नपूर्ण, धवलागिरिलगायत शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ। हिमाली दृश्यका साथै बरसाम्मी, बर डाँडागाउँ, बरमाझथरलगायत पहाडी भूभाग पनि यहाँबाट देखिन्छ। थुम्कोडाँडालाई यहाँका स्थानीयले धार्मिकरुपमा पनि उत्तिकै महत्वपूर्ण मान्दछन्। यहाँ रहेको ज्वालादेवीको मन्दिरमा साक्षात् शक्ति रहेको विश्वास गरिन्छ।
स्थानीयले ज्वालादेवीको संरक्षणलाई जोड दिँदै आए पनि अहिले लेफ्टिनेन्ट ओमप्रकाश गुरुङ (एमविइ)को सहयोगमा व्यवस्थित मन्दिर निर्माण गर्न थालिएको छ। कूल रू ११ लाख ५६ हजार दुई सय लागतमा मन्दिर निर्माण हुन लागेको हो।
मन्दिर निर्माणको क्रममा केही दिनअघि सिन्धुलीका कमरलाल धामीले यहाँस्थित शिलामा चरचर आवाजसँगै बिजुली चम्किएको प्रत्यक्ष देखेको अनुभव सुनाए। “शिलामा आएको आवाजसँगै बिजुली चम्किएको देख्दा सुरुमा त डर लागेको थियो”, उनले भने।
थुम्कोडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधारका काम भइरहेको तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङले जानकारी दिए। “हामी यस क्षेत्रको पर्यटकीय विकासका माध्यमबाट गाउँ छोड्नेलाई पनि फर्काउने अभियानमा लागेका छौँ”, उनले भने। स्थानीयको सक्रियतामा थुम्कोडाँडामा तमु हिलपार्क निर्माण थालिएको उनले बताए। हिलपार्कका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको गुरुङले जानकारी दिए।
उनका अनुसार डिपिआरमा गुरुङ संस्कृति सङ्ग्रहालय, बुद्ध प्रतिमा निर्माण, गोर्खा राइफल स्मृति पार्कलगायतका विविध संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ। “हाल शुक्लागण्डकी नगरपालिकाको सहयोगमा रू २० लाखको लागतमा क्वोँइबो निर्माण भइरहेको छ। थुम्कोडाँडामा जानका लागि प्रदेश सरकारको सहयोगमा रू १० लाखको लागतमा प्रवेशद्वार निर्माण भइरहेको छ”, गुरुङले भने।
तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) यहीँ भएर जाने भएकाले यसलाई पदयात्रा पर्यटनसँग पनि जोड्ने लक्ष्य राखिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महसचिव हर्क गुरुङले बताए।
“पदमार्गमा पर्ने ऐतिहासिक महत्वका गाउँलाई हामीले मिलेनियम ट्रेकको नक्सामा समावेश गरेका छौँ”, उनले भने, “निर्माणाधीन तमु हिल पार्कलगायत पूर्वाधारले यहाँ पर्यटको आकर्षण बढाउन सक्ने देखिन्छ।” राम्रो पर्यटकीय विकास भएमा गाउँ छोडेर सहर पसेका पुनःगाउँमा नै फर्कने वातावरण तयार हुने विश्वास लिइएको उनले बताए।
पछिल्ला समयमा रमणीय बस्ती सुविधाको खोजीमा उजाडिँदै जानु चुनौतीका रुपमा देखिएको सह प्रा डा रामजीप्रसाद पोखरेलले बताए। गाउँ छोडेर गएकालाई फर्काउनुका साथै अन्य स्थानका मानिसलाई बस्तीमा आउने गरी आकर्षित गर्ने वातावरण तयार गर्नु आवश्यक रहेको उनको भनाइ थियो।-रासस

यो पनि पढ्नुहोस्

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

७ घण्टा अगाडि
सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक