आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

निजी क्षेत्र मैत्री शिक्षा ऐन चाहिन्छ : हिसान अध्यक्ष सिलवाल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
निजी क्षेत्र मैत्री शिक्षा ऐन चाहिन्छ : हिसान अध्यक्ष सिलवाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले शैक्षिक प्रणाली सुधारका लागि सबल र सक्षम विश्वविद्यालय हुनुपर्ने बताएका छन्

काठमाडौंमा बिहीबार आठौं कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) उद्घाटनमा बोल्दै उनले विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउनुपर्ने बताए । ‘विद्यालय शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ, तर उच्च शिक्षामा विदेश जाने विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने । विश्वविद्यालय सुधार गरेरमात्रै विदेश जाने विद्यार्थी र पैसा रोक्न सकिने उनले जनाए ।

उच्च शिक्षामा शैक्षिक क्यालेन्डर लागू गर्न सके केही सुधार आउने अध्यक्ष सिलवालको भनाइ छ । ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा शैक्षिक क्यालेन्डर लागू गर्ने घोषणा र प्रतिबद्धता आएको छ,’ उनले भने, ‘शैक्षिक क्यालेन्डर चुस्तदुरुस्त हुन जरुरी छ ।’ शैक्षिक क्यालेन्डर लागू गर्ने प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने उनले जनाए । ‘आंगिक, सामुदायिक र निजी क्षेत्रको भूमिका तथा योगदानलाई सशक्त बनाउनुपर्छ, त्यति गर्न सके स्वदेशीमात्र होइन, विदेशी विद्यार्थी ल्याएर शैक्षिक हब बनाउन सकिन्छ ।’ विद्यार्थीमा विदेश जाने मोह टुटाउन राजनीतिक दल र भ्रातृ संगठनले पनि भूमिका खेल्नुपर्ने उनले बताए ।

उनले सरकारले कम्तीमा स्नातक तहपछि मात्रै अध्ययनका लागि विदेश जान पाउने नीति लिनुपर्ने धारणा राखे । ‘छात्रवृत्तिमा पढ्न जान दिनुपर्छ, नेपालमा नभएका विषयमा मात्रै विदेश पढ्न जान दिनुपर्छ, त्यसो गरे नेपाली पैसा बाहिरिन रोकिन्छ, कर्मचारीलाई तलब खुवाउन नसक्ने अहिलेको अवस्था अन्त्य हुन्छ,’ उनले भने ।

निजी क्षेत्र नेपाललाई शैक्षिक हब बनाउन तयार रहेको उनले जनाए । ‘लगानीको संरक्षण, फैलावट गरेर गुणस्तरीय शिक्षा दिन तत्पर छौं, तर सरकारले भूमिका दिनुपर्छ, ऐन कानुन सहज हुनुपर्छ ।’ छिटोभन्दा पनि राम्रो शिक्षा ऐन आवश्यक रहेको उनले औंल्याए । ‘शिक्षा ऐन आउन सकेको छैन, निष्कर्षमा पुग्न सकेको छैन, सबै सरोकारवालाको सुझावमा विद्यार्थी, अभिभावक, समुदाय र निजी क्षेत्र मैत्री शिक्षा ऐन चाहिन्छ,’ सिलवालले भने । त्यो गर्न सके शिक्षामा विदेशी लगानी भित्र्याउन निजी क्षेत्र सक्षम रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक