शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

तथ्यांकले नै देखाइरहेछ देश कता जाँदै छ !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको विषयमा यतिबेला संसदमा बहस भइरहेको छ । सत्ता पक्षले बजेटको बचाउ गरिरहेको छ भने विपक्षले आलोचना । खासगरी बजेटको आकार,चालु खर्च, विकास खर्च, वित्तीय खर्च र राजस्व संकलनको विषयले चर्चा पाएको छ । सरकारले विकास निर्माणका लागि छुट्याएको बजेट, नीतिनिर्माण र योजनाको विषयमा पनि गम्भीर मन्थन चलिरहेको छ । विपक्षीले बजेटलाई कर्मकाण्डी, परम्परागत र पुराने ढर्राका जस्ता उपमा दिएर आलोचना गरिरहेका छन् । तर, सत्ता पक्षले भने बजेट अहिलेको अर्थतन्त्रको अवस्थाको वास्तविक मर्मलाई आत्मसात् गर्ने गरी निर्माण भएको दाबी गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ ऋर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । राजस्व संकलनमा आएको कमीसँगै सरकारले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २.३७ प्रतिशत कम हो ।

गत वर्ष नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट घोषणा गरेका थिए । तर प्रतिनिधिसभा निर्वाचनपछि अर्थमन्त्री बनेका नेकपा एमालेका विष्णु पौडेलले माघमा झन्डै २.५ खर्ब रुपैयाँले बजेट कटौती गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब रुपैयाँ बनाएका थिए । यो वर्ष अनुमान गरिएकोभन्दा निकै कम राजस्व उठेको छ । अघिल्लो बजेटले साढे १२ खर्ब रुपैयाँ राजस्व उठाउने भनेकोमा मध्यजेठसम्म आइपुग्दा झन्डै सवा ८ खर्ब रुपैयाँ मात्र उठ्न सकेको छ । राजस्व संकलन कम भएपछि अर्थ मन्त्रालयले माघमा यो आर्थिक वर्षको चालु खर्चका लागि छुट्याइएको तर खर्च हुन नसकेको बजेटमा २० प्रतिशत कटौती गरेको थियो । यसअघि कोरोनाभाइरस महामारीको समयमा आर्थिक वर्ष २०७७/७८ को बजेट पनि अघिल्लो आर्थिक वर्षभन्दा आकार घटाएर पेस भएको थियो । त्यतिखेर एमाले सरकारका अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७० अर्ब घटाएर १४ खर्ब ७४ अर्बको बजेट पेस गरेका थिए ।

त्यसपछि अर्थमन्त्री बनेका एमालेकै विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट डेढ खर्बले बढाएर १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट पेस गरेका थिए । आम्दानीमा आएको सीमितताबीच सरकारको यो वर्षको बजेट जनअपेक्षा सम्बोधन र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा समाधानमा केन्द्रित गरिएको अर्थमन्त्री महतले दाबी गरेका छन् । तर विश्लेषकहरुले भने देश वैदेशिक ऋणको ।ट्रयाप’ परिसकेको जनाएका छन् । यस्तो दाबीको आधार हो, सरकारले ऋण तिर्नका लागि छुट्याएको बजेट । सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक ऋणको सावाँ/ ब्याज भुक्तानीमा चालु वर्षको तुलनामा दोब्बर बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा ऋणको सावाँ/ब्याज भुक्तानीमा १ खर्ब ८७ अर्ब ६० करोड ४८ लाख रु पैयाँ सरकारले विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सामान्यतया कुनै पनि देशले विकास खर्चभन्दा बढी बजेट ऋणको सावाँब्याज तिर्न प्रयोग छुट्याउँछ भने त्यसलाई ऋणको पासोमा परेको अथ्र्याउने गरिएको छ । नेपालमा सरकारले पनि पहिलोपटक विकास बजेटको तुलनामा वित्तीय खर्च बढी छुट्याएको हो । आगामी आर्थिक वर्षका लागि छुट्याएको वित्तीय खर्चमध्ये ८३ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक ऋणको सावाँ ब्याज भुक्तानीका लागि विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणको ब्याज भुक्तानीमा ९३ अर्ब २३ करोड खर्च गर्ने योजना बनाएको छ ।

आन्तरिक ऋणको सावाँ भुक्तानीमा भने कूल १ खर्ब ८२ अर्ब ५५ करोड ७४ लाख विनियोजन भएको छ । पछिल्लो समय नेपालमा विकास निर्माणका लागि बजेट अभाव हुँदै आएको छ । विनियोजन भएको बजेट पनि खर्च नहुने प्रवृत्ति त छँदै छ । विकास निर्माणका लागि विभिन्न देश तथा दातृनिकाय र नेपालभित्रै पनि विभिन्न कोषहरुसँग ऋण लिनुपर्ने अवस्थामा नेपाल सरकार पुगिसकेको छ । जसका कारण सरकार सावाँ र ब्याजका लागि ठूलो रकम छुट्याउनुपर्ने अवस्थामा आइपुगेको हो । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार आगामी आवमा ७३ अर्ब ५० करोड रुपैयाँको विकास ऋण पत्रको अवधि पूरा हुँदैछ । जसको सावाँ÷व्याज भुक्तानी सोही आवमा गर्नुपर्ने दायित्व छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा सरकारले ट्रेजरी बिलको सावाँ भुक्तानीमा मात्र एक खर्ब ९ अर्ब ५ करोड रुपैयाँ खर्च गदैर्छ ।

देशमा अन्य खर्च बढ्दो कारणले सरकारलाई विकास निर्माण र अन्य प्रयोजनका लागि ऋण लिनुपर्ने भएको हो । पछिल्लो समय देशमा चालु खर्च बढिरहेको छ । संघीयसँग प्रदेश र स्थानीय तहमा बढ्दो प्रशासनिक खर्च चिन्ताजनक बनिरहेको छ । वर्षभरि संकलन हुने राजस्वले चालु खर्च नै धान्न धौधौ पर्ने अवस्था छ । आन्तरिक ऋणको सावाँब्याज भुक्तानीलाई प्राथमिकता दिइएन भने त्यसले अर्थतन्त्रमा नै समस्या पार्नसक्ने देखिएकाले यसपटक त्यसमा जोड गरिएको हो । सरकारले ऋण तिर्न पुनः आन्तरिक ऋण नै लिनुपर्ने अवस्था छ, जसलाई अहिले ऋणको पासो भनिएको हो । आगामी दिनमा चालु खर्च घटाउन सरकार निर्मम नबन्ने हो यो समस्या अझै बढ्नेछ ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

२२ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

पश्चातापमा एमाले पार्टीका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक