आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अस्पतालको सेवा सहज र सर्वसुलभ बनाउन ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अस्पतालको सेवा सहज र सर्वसुलभ बनाउन ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लुम्बिनी – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आमनागरिकलाई सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउन नेकपा (एमाले)ले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ।

नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटीको तर्फबाट आज अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै जनताले स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्न माग गरिएको छ ।

एमाले नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजयमानसिंह श्रेष्ठ र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा सुदर्शन थापालाई बुझाएको पत्रमा अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवालाई दुई समयमा सञ्चालन गर्नुपर्ने, सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको विवरण सूचना पार्टीमा उल्लेख गरी पारदर्शीरूपमा सेवा उपलब्ध गराउनुपर्ने तथा रातिको समयमा समेत आकस्मिक कक्षको सेवालाई गुणस्तरीय बनाउन एक्स–रे, भिडियो एक्स–रेलगायतका सेवा सञ्चालन गर्न माग गरिएको छ ।

त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले सेवा सुधार तथा विस्तारका लागि आफू प्रतिबद्ध भएको बताए। अस्पतालका मेसु डा थापाले आफूहरू आइसकेपछि सुधारका काम अघि बढेको र सबै पक्षको सुझाव र सहकार्य आवश्यक रहेको बताए। उनले अस्पतालमा सेवाग्राहीको चाप बढिरहेको उल्लेख गर्दै सोहीअनुसार जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापनमा चुनौतीसमेत रहेको बताए ।

एमाले नगर अध्यक्ष ज्ञवालीले ओपिडी सेवामा भीडभाड बढेका कारण फरक–फरक ठाउँमा सेवा विस्तार गरी भीड कम गर्नुपर्ने, बिमा सुविधालाई व्यवस्थित गर्नुपर्ने, शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने, अस्पतालभित्रै ब्लड बैंकको स्थापना गरी सेवालाई प्रभावकारी बनाउनुपर्ने, अस्पताल समयमा चिकित्सकले बाहिरको निजी क्लिनिकमा समेत काम गरेको गुनासो आएका कारण त्यसको अन्त्य गर्नुपर्नेलगायतकाबारे ध्यानाकर्षण गराए।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

१ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक