काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार राति क्यानडाको ग्लोबल टी–२० लिगका लागि छनोट भए। उनलाई सुरे ज्याकवारले ड्राफ्टमा राखेसँगै धेरैले सन्दीपले फ्रेन्चाइज खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न गरिरहेका छन्।
बलात्कार आरोप लागेयता सन्दीपले आफ्नो क्रिकेट करिअरमा अनेकन उतरचढाव ब्यहोरिरहेका छन्। तर मुद्दाको अन्तिम किनारा नलाग्दा उनले पछिल्लो समय धेरै अन्तराष्ट्रिय फ्रेन्चाइज गुमाएको सन्दीप निकटहरु बताउँछन्। तर अदालतले सन्दीपलाई क्रिकेट मैदानमा फर्काएसँगै उनी राष्ट्रिय टिमको जर्सीमा देखिए पनि फ्रेन्चाइज क्रिकेटमा भने देखिएका छैनन्।
सन्दीप अन्तर्राष्ट्रिय मैदानमा फर्किएसँगै उनी फ्रेन्चाइज टिमको नजरमा पुनः परिरहेका छन्। यस्तोमा सन्दीपले अदालतलाई जानकारी गराएर प्रतियोगिता खेल्न पाउने उनका कानुन ब्यबसायी सरोज कृष्ण घिमिरेले बताए। उनी भन्छन्, ‘सन्दीपलाई अदालतले खेल्नका लागि अनुमति दिइसकेको छ। उनको मुद्दाको किनारा नलागेको खण्डमा अदालतलाई जानकारी गराएर फ्रेन्चाइज खेल्नका लागि स्वतन्त्र छन्।’
यद्यपि सन्दीपको मुद्दालाई जतिसक्दो चाँडो किनारा लगाउनुपर्नेमा उनले जोड दिए। घिमिरेले भने, ‘मुद्दा लम्ब्याउँदा दुबै पक्षलाई मानसिक आघात परिरहेको छ। त्यसैले जतिसक्दो चाँडो मुद्दाको किनारा लगाउनुपर्छ।