बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी खोज्न भौँतारिएका आमाबुवाको कथा अर्को गाउँमा आयआर्जन राम्रो गर्न नसकेपछि आफूले चाहँदा नचाहँदै पनि रोजगारीका लागि बिदेसिनुको पीडाको कथा ।

स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ (दयाहाङ राई) छोरीसँग सुख दुःख मिलेर जीवन बिताइरहेका हुन्छन् । स्यरल्हामोले चेन्जारोङलाई विदेश जान कर गरिरहन्छिन् ।  आखिरकार श्रीमतीको बोली हार्न नसकेर चेन्जारोङ मलेसिया पुग्छन् । चेन्जारोङ मलेसिया उडेपछि स्यरल्हामोमाथि ठूलो बज्रपात हुन्छ । सबै गाउँले आआफ्नो काममा लागिरहेका बेला अचानक रुबीभ्यालीमा आएको विनाशकारी भूकम्पले सबै कुरा तहसनहस बनाइदिन्छ । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । छोरी घरभित्र नै पुरिन्छिन् र उनलाई उपचारका लागि काठमाडौँ पु¥याइन्छ । यता आमाको अवस्था पनि उस्तै हुन्छ । घरीघरी छोरीको नाम मात्र लिइरहन्छिन् । यहीँबाट सुरु हुन्छ चलचित्रको मुख्य कथा । छोरी खोज्न काठमाडौँमा भौँतारिँदा एउटी आमाले के कस्तो दुःख बेहोर्नुपर्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकाय मिलेर पैसा कमाउने लोभमा कसरी एउटी बालिकालाई बिदेसीको हातमा सुम्पन खोज्छन् भन्ने विषय चलचित्रमा पेचिलो तरिकाले पस्कन खोजिएको छ । वैदेशिक रोजगारीमा गएका बुवा फर्किएपछि आफ्नो छोरी खोज्न उनले गरेको दुःख र कष्ट पनि चलचित्रमा देखिन्छ । मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले चलचित्रमा प्रस्तुत गरिएको छ ।

तामाङ भाषाको संवादबाट सुरु हुने चलचित्रले सबटाइटल दिए पनि केही समय दर्शकलाई अल्छी लाग्न सक्छ तर बिस्तारै चलचित्रको कथा अगाडि बढ्दा रुचिकार लाग्छ । दर्शकलाई गणेश हिमालमुनिको रुबीभ्यालीमा खिचिएको मनमोहक दृश्यले नै आकर्षित गर्छ  ।

तामाङ भाषाको संवादलाई चलचित्रभित्र प्रयोगमा ल्याएर साहित्यकार तथा पत्रकार फूलमान बलले केही नयाँ कुरा गर्न खोज्नुभएको छ । प्रायः नेपाली भाषाका चलचित्र मात्र हेरिरहनुभएका दर्शकले ‘नीरफूल’ मा अवश्य नै नयाँ भाषाको स्वाद चाख्न पाउनुहुने छ । यसले चलचित्रभित्र अझ धेरै विविधता थप्ने काम गरेको छ । निर्देशक बलको निर्देशनमा बनेको चलचित्रले राम्रो विषयको कथा उठान गरेको छ । आफ्नो पहिलो चलचित्रबाट नै निर्देशक बल दर्शकको मन जित्न सफल हुनुभयो । धेरैले उहाँको निर्देशकीय पक्षको तारिफ गर्नुभएको छ । चलचित्रको कथा सङ्गीत, छायाङ्कनदेखि लिएर विशेष भूमिकामा देखिनुभएकी अभिनेतृ रेखा थापाको नृत्यले पनि दर्शकलाई हलसम्म तान्ने काम गर्छ । समग्रमा चलचित्र उत्कृष्ट कोटीको बनेको छ ।

चलचित्रमा देखाइएको गणेश हिमालमुनिको रुबीभ्यालीमा खिचिएको मनमोहक दृश्यले ‘नीरफूल’ लाई अझ गहकिलो बनाएको छ । चलचित्रमार्फत निर्देशक बलले आफ्नै परिवार र समाजको कथा भन्न खोज्नुभएको छ ।  भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न नै चलचित्रको मुख्य विषय हो । कलाकार दयाहाङ राई र शान्ति वाइबाको अभिनय तारिफयोग्य छ । अन्य कलाकारहरू बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय पनि उत्तिकै तारिफयोग्य रहेको छ ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक