बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयास निष्कर्ष नजिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयास निष्कर्ष नजिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । करिब एक वर्षअघि सुरु भएको एमाले बाहेकका वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयास निष्कर्ष नजिक पुगेको नेताहरुले बताएका छन् । उनीहरुका अनुसार केही दिनभित्र समाजवादी मोर्चाको घोषणा गर्ने गरी गृहकार्य भइरहेको छ ।

समाजवादी केन्द्र निर्माणका लागि एकीकृत समाजवादीले गठन गरेको वार्ता समिति सदस्य गंगालाल तुलाधारका अनुसार मंगलबार मात्र पनि चारवटा पार्टीका नेता सम्मिलित वार्ता समितिको बैठक बसेको थियो । एक-दुई दिनभित्रै मोर्चा घोषणा गर्ने तयारी भइरहेको भन्दै उनले भने, ‘त्यसको प्रारुप कस्तो हुने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

छलफलमा सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र संसद बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने यो मोर्चामा नअटाउने सम्भावना बढेको छ ।

चार दलले समाजवादी केन्द्र बनाउने विषयमा छलफल चलिरहँदा नेसपाका नेताहरू भने यस विषयमा अनभिज्ञ छन् । नेसपा अध्यक्ष भट्टराई गृहजिल्ला गोरखामा छन् । वार्ता समितिमा रहेका पार्टी सहअध्यक्ष गंगानारायण श्रेष्ठ बागमती प्रदेशको बजेट निर्माणसम्बन्धी कामका कारण प्रदेश राजधानी हेटौँडामा व्यस्त छन् ।

समाजवादी मोर्चा बनाउन छलफलमा बसिरहेका चार पार्टीका नेताहरूले यसलाई हाल ‘लुज फोरम’का रूपमा मात्रै अघि बढाउने मोटामोटी सहमति गरेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ जाने पूर्वनिर्धारित कार्यक्रम भएकाले बिहीबार वा शुक्रबारसम्म मोर्चा घोषणा हुनसक्छ । ‘प्रधानमन्त्रीजीको कार्यव्यस्तताका कारण बुधबार नै घोषणा गर्न सम्भव छैन । तर एक-दुई दिनभित्रै घोषणा गर्ने सहमति बन्यो,’ ती नेताले भने, ‘हाल चार पार्टीबीच मात्रै घोषणा गर्ने र पछि अरूलाई पनि समेटेर जाउँ भन्ने भएको छ । अब प्रमुख नेताहरूको समय मिलाएर घोषणा हुन्छ ।’

नेताहरुकका अनुसार समाजवादी मोर्चा निर्माणका लागि बनेको वार्ता समितिले कुनै ठोस संरचना नबनाएर सैद्धान्तिक घोषणा मात्र गर्ने प्रस्ताव गरेको छ ।

प्रचण्ड र बाबुरामबीच छैन संवाद

आम निर्वाचनअघि भावी प्रधानमन्त्रीको सपना बुनिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेे जनता समाजवादी पार्टी (जसपा)का तत्कालीन संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई समाजवादी केन्द्र निर्माणको प्रस्ताव राखेका थिए । त्यसअघि बाबुराम स्वयं विद्यमान पार्टीहरूले मुलुकको संकट समाधान नहुने र समाजवादी केन्द्र निर्माण गर्नुपर्ने जनाउँदै आएका थिए ।

भारत भ्रमणमा गएर फर्केको केही दिनमा नै बाबुराम भट्टराईलाई भेटेरै समाजवादी केन्द्र निर्माण गर्नुपर्ने प्रस्ताव प्रचण्डले अघि सारेका थिए । त्यसपछि दुई नेता बीचको सम्बन्ध यति निकट भयो कि चितवनबाट चुनाव लड्ने योजनामा हिँडिरहेका प्रचण्ड, बाबुरामले निरन्तर चुनाव जित्दै आएको गोरखाबाट उम्मेदवार बन्ने तय भयो । बाबुरामले आफू पार्टी निर्माणको सैद्धान्तिक राजनीतिक काममा लाग्ने र प्रचण्डले नै सांगठनिक तथा राजनीतिक काम गर्ने जनाउँदै आएका थिए ।

तर अहिले प्रचण्ड र बाबुरामबीच सघन संवाद हुन नसकेको स्रोत जनाउँछ । सत्ता समीकरण फेरबदल र अस्थिर राजनीतिका कारण प्रचण्डले समाजवादी केन्द्र निर्माणको विषयमा समय दिन नसकेजस्तो देखिए पनि राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड र बाबुरामबीच दुरी बढ्दै गएको उनीहरू निकट नेताहरू जनाउँछन् ।

बाबुरामले आफू निरन्तर जित्दै आएको निर्वाचन क्षेत्र नै छाड्नु र प्रचण्डको प्रशंसा गर्नुका पछाडि उनको एउटा स्वार्थ देखिन्थ्यो, माओवादीलगायत वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउने । त्यसका लागि निर्वाचनलगत्तै एमाले र माओवादी केन्द्रलगायत दलबीच गठबन्धन बनेपछि पनि बाबुरामले केपी ओली र प्रचण्डसँग समाजवादी केन्द्र बनाउनु पर्ने विषयमा निरन्तर संवाद गरेका थिए । त्यसमा प्रचण्डले एक कदम अघि बढेर उनीसँग पार्टी एकताकै प्रस्ताव राखे पनि एमाले अध्यक्ष ओलीले भने ‘सोच्न सकिने’ भनेर मात्रै प्रतिक्रिया दिएका थिए ।

तर जब प्रचण्डले एमालेसँग मिलेर प्रधानमन्त्री बनेको एक महिना नपुग्दै गठबन्धन परिवर्तन गरेर कांग्रेससँग सत्ता सहकार्य थाले त्यसपछि उनी र बाबुरामबीच दुरी बढेको नेताहरूको बुझाइ छ ।

प्रचण्डमा बाबुरामसँग एकता गर्दा आफ्नो शक्ति क्षय हुने आशंका बढेको देखिन्छ । राष्ट्रपतिको निर्वाचन पनि प्रचण्ड बाबुरामबीच दुरी बढ्नुको कारण देखिन्छ । प्रचण्डले नै आशा देखाएपछि जब बाबुराम राष्ट्रपति बन्न सकिने देखेर सक्रिय बनेका थिए । तर, प्रचण्डले त्यसैलाई उनको परीक्षाका रूपमा लिए । पार्टी एकताको विषयमा छलफल गर्न पुगेका नेताहरूसँग प्रचण्डले यस विषयमा आफ्नो बुझाइ राख्ने गरेका छन् । ‘बाबुरामजी सैद्धान्तिक काम गर्छु भने पनि राजनीतिक भूमिकामा नै बढी आकांक्षी हुनुहुन्छ भन्ने प्रचण्डको बुझाइ देखिन्छ । उहाँले अहिले एकता गरिहाल्ने र पछि पार्टीभित्र लाइन निर्माण गर्ने गरी सोचेको देखिन्छ,’ निरन्तर संवादमा रहेका एक नेेताले प्रचण्डलाई उद्धृत गर्दैै भने ।

जबकि एमालेसँगको गठबन्धन रहुञ्जेल प्रचण्ड स्वयंले सबैको सहमतिमा राष्ट्रपति बन्नका लागि अनुरोध गरेको बाबुराम निकट नेताहरू जनाउँछन् । पार्टी एकताकै सर्तमा आफ्नो निर्वाचन क्षेत्र समेत छाडेका बाबुराम पछिल्लो समय प्रचण्डको स्वभावसँग असन्तुष्ट मात्रै छैनन्, आक्रोशित समेत बनेका छन् । नेसपाका अधिकांश नेताहरू समेत प्रचण्डको शैलीसँग असन्तुष्ट बनेका छन् । अघिल्लो साता बसेको नेसपा केन्द्रीय समिति बैठकमा समेत ‘प्रचण्डलाई गोरखामा जिताउँदा समेत धोका पाइएको’ भन्दै धेरैले आक्रोश व्यक्त गरेका थिए ।

प्रचण्डले वास्ता नगरे पनि नेसपा केन्द्रीय समिति बैठकले माओवादीलाई पार्टी एकताका आधारहरू लेखेर भने पठाएको छ । आगामी असारमा बस्ने तयारी भइरहेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले यस विषयमा छलफल गरेपछि मात्रै नेसपासँगको एकता टुंगिने देखिएको छ । ‘हामीले पार्टी एकताका आधारहरू लिखित रूपमै माओवादी केन्द्रलाई पठाएका छौं । माओवादी केन्द्रले त्यस विषयमा आफ्नो निर्णय गरेपछि पार्टी एकताको विषय अगाडि बढ्छ,’ नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘अहिले अरू विषयमा ठोस छलफल भएको छैन ।’

यो पनि पढ्नुहोस्

अब ‘लफङ्गा’हरूको हातमा

अब ‘लफङ्गा’हरूको हातमा

२ दिन अगाडि
कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक