शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको खोलामा पक्की पुल निर्माण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको खोलामा पक्की पुल निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुकुमपश्चिम। राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको खौला–सल्ले सडकखण्डको साँख खोलामा सडक पुगेको २१ वर्षपछि पक्की पुल निर्माण गरिएको छ। जिल्लाको सबैभन्दा पुरानो यस सडकखण्डको मुसीकोट नगरपालिका–४ र ११ जोड्ने पुल निर्माण गरिएको हो।

स्थानीय लोकबहादुर केसीले पक्की पुल निर्माण भएपछि स्थानीयलाई सजिलो भएको बताउनुभयो। दुई दशकपछि सडकले पक्की पुल पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। अब यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई सजिलो हुने केसीको भनाइ छ। एक स्पान, ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको यो पुल निर्माणका लागि इलाइट सूर्य जेभीले ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार २०७७ साउन महिनामा काम सम्पन्न गर्ने गरी २०७४ साल असार २८ गते सम्झौता भएको थियो। तोकिएको समयमा काम नभएपछि २०७९ साल पुस २५ भित्र सम्पन्न हुने गरी म्याद थप गरिएको थियो। ११ करोड १० लाख ६१ हजार रुपियाँमा सो पुल निर्माण ठेक्का लागेको थियो।

इन्जिनियर महर्जनका अनुसार सल्यानको पटारे र यो पुलका लागि एउटै ठेक्का लागेको थियो। पटारेको पुल भने अघिल्लो वर्ष नै निर्माण भएर सञ्चालन भएको छ। साँख खोलामा पुल निर्माणको काम ढिला गरी सुरु भएको र ढलान गरेको केही दिनमै पुल भत्किएका कारण समय गुज्रेको थियो। पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बेला २०७८ साल असारमा पुल भत्किएको थियो।

हस्तान्तरण नहुँदै सञ्चालन

निर्माण सम्पन्न भएको पुल हस्तान्तरण भएको छैन। बेलिब्रिज जोखिमपूर्ण रहेको र पुलबाट यातायात साधन वारपार गर्दा समस्या नहुने भएकाले यातायातका साधन सञ्चालन भइरहेका छन्। इन्जिनियर महर्जनका अनुसार अब पुलको दुवैपट्टि बोर्ड राख्न मात्र बाँकी रहेको छ। यसका साथै पुलको भार क्षमतासमेत मापन भएको छैन। अब तत्कालै भार क्षमता मापन गरेर पुल हस्तान्तरण गरिने जनाइएको छ।

२०५९ सालमा ट्र्याक खुलेर गाडी चल्न थालेको यस खण्डमा पर्ने साँख खोलामा यसअघि बेलिब्रिजबाट सवारीसाधन वारपार हुँदै आएका थिए। बेलिब्रिज जीर्ण बनेपछि केही वर्षदेखि जोखिमपूर्ण अवस्थामा सवारी वारपार गरिरहेका थिए। बेलिब्रिजका पाता र अन्य सामग्री फेर्दासमेत जीर्ण बन्दै गएपछि पक्की पुल निर्माण गरिएको हो।

यो पनि पढ्नुहोस्

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

२ हप्ता अगाडि
३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक