शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

बजेटका सन्दर्भमा असन्तुष्टि र गुनासो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बजेटका सन्दर्भमा असन्तुष्टि र गुनासो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेटका सन्दर्भमा सत्ता साझेदार दलबिचमै देखिएको असन्तुष्टि र गुनासो सम्बोधन गर्नका लागि औपचारिक रूपमै पहल थालिएको छ। सत्ता साझेदार दलहरूबिच समझदारी कायम गरेरै बजेट पारित गर्ने गरी बहुपक्षीय परामर्श प्रारम्भ भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान सत्ता साझेदार दलको बैठकमा बजेटमा देखिएका विमति सम्बोधन गर्ने सन्दर्भमा केन्द्रित रहेर छलफल भयो। साथै मङ्गलबारै अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा पनि बजेटमाथि उठेका प्रश्न र गुनासोको विषयले प्रवेश पायो।

मन्त्रीपरिषद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रीपरिषद् बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटका सन्दर्भमा आएका गुनासो सम्बोधन गर्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँले केही गुनासो सत्तापक्षीय राजनीतिक दलहरूबाट पनि रहिआएको र समझदारी कायम गर्ने विषयमा बैठक बसेर निष्कर्षमा पुग्ने तय भएको जानकारी दिनुभयो। त्यसै गरी प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान बसेको सत्ता साझेदार दलको बैठकमा पनि बजेटका सन्दर्भमा उठेका विभिन्न प्रश्नलाई सम्बोधन गरेर बजेट पारित गर्ने समझदारी भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार दलबिचमा उच्चस्तरीय समझदारी कायम गरी बजेट पारित गर्ने विषयमा परामर्श भएको बताउनुभयो। बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालसहित दलका शीर्ष नेताबिच बजेटका विभिन्न विषयमा उठेका सवालमा छलफल भएको थियो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सत्ता साझेदार दलकै सांसद्ले सङ्घीय संसद्मा बजेटमाथिको छलफलमा असन्तुष्टि र गुनासो व्यक्त गरेपछि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलभित्र आन्तरिक समझदारी निर्माण गर्न अग्रसर हुनुभएको हो। सरकारले आर्थिक रूपान्तरणलाई दृष्टिगत गरेरै बजेट निर्माण गरेको बताइरहँदा सत्ता पक्ष र प्रतिपक्षी दलले सांसद विकास कोषसहित विभिन्न विषयमा सुधार गर्नुपर्ने माग गरेका छन्।

यो पनि पढ्नुहोस्

अब ‘लफङ्गा’हरूको हातमा

अब ‘लफङ्गा’हरूको हातमा

३ दिन अगाडि
कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

देशभर मनसुनी वायुको प्रभाव

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

करेन्ट र चट्याङ लागेर मृत्यु  

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक