शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणका लागि श्रोतको खोजीमै लामो समय बितेको छ । सङ्घ अन्तर्गतका विभिन्न मन्त्रालय, विभाग तथा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा लगातार नयाँ भवन निर्माणका लागि मागपत्र प्रस्तुत गर्ने क्रम चलिरहेको क्याम्पस प्रमुख लालमणि आचार्यले जानकारी दिनुभयो ।

जीर्ण भवन भत्काएर नयाँ निर्माणका लागि भारतीय दूतावास र नेपालगञ्ज उपमहानगरपालिकासँग समेत बजेट माग गरिएको क्याम्पस प्रमुख आचार्यले जनाउनुभयो । त्रिभुवन विश्व विद्यालयसँग समेत नियमित बजेट माग भइरहेको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख आचार्यले भन्नुभयो, ‘मागपत्र लिएर जाँदा सबै ठाउँमा सकारात्मक जवाफ आउँछ, तर बजेट विनियोजन हुँदा, रित्तोहात हुने गरेको छ ।’ उहाँले सङ्घको बजेटमा यसपटक उल्लेख्य बजेट विनियोजन भएको कुनै जानकारी नभएको जनाउनुभयो । क्याम्पस प्रमुख आचार्य सहितको टोलीले सङ्घ र प्रदेशका मन्त्रालय र विभागमा पटक–पटक क्याम्पसको समस्या दर्साएर मागपत्र बुझाएपनि योजनामा परेको छैन ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थी अध्ययनरत यस क्याम्पसको करिब ५० वर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा छ । क्याम्पस प्रमुख आचार्यका अनुसार अधिकांश भवनबाट पानी चुहिन्छ भने कतिपय कोठाबाट इँटा र सिमेन्ट निस्कने गरेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरूले जोखिमपूर्ण रहेपनि जीर्ण भवनबाटै अध्ययन अध्यापन भइरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले क्याम्पसको जीर्ण रहेको भवन प्रयोग गर्न नमिल्ने जनाएपछि सोही भवनबाट लामो समयदेखि पठनपाठन भईरहेको छ ।

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक