शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

आलुु र प्याजकाे मूल्य अभिवृद्धि कर हटाउन थोक व्यवसायीले माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आलुु र प्याजकाे मूल्य अभिवृद्धि कर हटाउन थोक व्यवसायीले माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।

नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजको आयातमा भ्याट लगाउने व्यवस्था गरेको थियो ।

सङ्घले आलु र प्याजमा लगाइएको भ्याट नहटाएसम्म आयात नखुलाउने जनाएको छ । भ्याट लागेयताको डेढ सातादेखि आलु, प्याजको आयात नगरेको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष मोहन बानियाँले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर लगाउँदै आएकामा थप १३ प्रतिशत भ्याट लगाउँदा व्यवसायी हतोत्साही तथा उपभोक्ता मारमा परेको बताउनुभयो । आलु, प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा आलु, प्याजको मूल्य एक तिहाइले बढ्ने उहाँको भनाइ छ । भ्याट बढाउँदा तस्करीबाट आयात भई बजारमा महँगो पर्न जाने पनि उहाँले बताउनुभयो । गैरकानुनी ढङ्गबाट प्याज ल्याएर बढी मूल्यमा बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।

सङ्घका अनुसार नेपालमा ९० देखि ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । यस्तै ५० देखि ६० प्रतिशत आलु भारतबाट आयात हुने सङ्घले जनाएको छ । सरकारले नेपालको उत्पादन बढाउने उद्देश्यले भ्याट लगाएको तर उत्पादन नै नभएका बेला यस्तो नीति ल्याउनु ठिक नभएको व्यवसायी उज्ज्वल कार्कीको भनाइ छ ।

आन्तरिक उत्पादन पर्याप्त बनाउन पहल नै नगरी १३ प्रतिशत कर विस्तार गर्दा व्यवसायी र उपभोक्तालाई आर्थिक भार पर्ने पनि सङ्घले जनाएको छ । सङ्घका अनुसार नेपालमा वार्षिक २० अर्ब रुपियाँ बराबरको आलु, प्याज कारोबार हुने गरेकामा स्थानीय उत्पादनले माग धान्न नसक्दा १७ अर्ब रुपियाँ बराबरको आलु र प्याजको आयात हुने गरेको छ । सङ्घका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म नेपालमा छ अर्ब ९८ करोड रुपियाँको आलु आयात भएको छ । यसबाट ७१ करोड ७४ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै वैशाख महिनासम्म पाँच अर्ब ७० करोड रुपियाँको प्याज आयात भएको र यसबाट ५७ करोड रुपियाँ सङ्कलन भएको छ ।

बजेटअघि प्रतिकेजी ५० रुपियाँ खुद्रा मूल्य रहेको प्याजको मूल्य अहिले बढेर प्रतिकेजी एक सय रुपियाँ पुगेको छ । बजेटअघि प्रतिकेजी ३१ रुपियाँमा कारोबार भएको भारतीय रातो आलु अहिले प्रतिकेजीमा ६० रुपियाँसम्म पुगेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आलु र प्याजको मूल्य सूची सार्वजनिक गरेको छैन । कालीमाटीमा आलु र प्याज नभएका कारण त्यसको मूल्य सार्वजनिक नगरिएको समितिले जनाएको छ ।

सरकारले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न बाहिरी मुलुकबाट आयात हुने आलु, प्याजमा भ्याट लगाएको जनाउँदै आएको छ । स्वदेशी वस्तुले बजार नपाई खेर गइरहेका बेला आयातित तरकारीले बजार ओगट्ने गरेको छ ।

 

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक