आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ।

७ वटा प्रदेश र आयोजक समिति गरि ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो।

आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुङगाना र ६१ केजीमा खेल्ने पूजा चौधरीले स्वर्ण पदक जितेका थिए। त्यसैगरी ४५ केजी तौल समूहकी प्रियंका राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक प्राप्त गरेका छन्।

दोस्रो हुने बागमती प्रदेशले समान ५ स्वर्ण र २ कास्य पदक हात पारेको छ। बागमतीका पुरुषतर्फ ६० केजी तौल समूहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ, ५५ केजी तौल समूहकी सञ्जिवनी कार्कीले स्वर्ण पदक जितेका छन्। त्यसैगरि बाग्मतीले शनिबार सम्पन्न खेलको कातातर्फका दुवै पदक हात पारेको थियो। बागमतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजीमाथिका सुरज मगरले कास्य पदक प्राप्त गरेका छन्।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ। गण्डकीले दुईवटा स्वर्ण र एउटा कास्य पदक हात पारेको छ। गण्डकीका ५५ केजी तौल समूहका अंकित गुरुङ र ७५ केजी माथिको तौल समूहका सजल बुढाथोकीले स्वर्ण जितेका हुन्। त्यसैगरि गण्डकीका लागि ६५ केजीमाथिको तौल समूहकी सिमरन राईले कास्य पदक प्राप्त गरेकी छन्।

प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गरेको छ। कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्यो। कोशीका ७५ केजी तौल समूहका राजिब खड्काले स्वर्ण जितेका हुन्। रजतपदक ७५ केजी माथिको तौल समूहका रोशन धामी, ५० केजीका अंकित भेटवाल, ५५ केजी तौल समूहकी सञ्जिता लेप्चा र कातातर्फ करुणा राईले जितेका छन्। कोशीका ६० केजीका शाहिल घिमिरे र ६१ केजी तौल समूहमा खेलेकी समिक्षा लेप्चाले कास्य पदक हात पारेका छन्।

त्यसैगरि लुम्बिनी प्रदेश ५ औं स्थानमा रहेको छ। लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ। लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जितेकी छन्। रजततर्फ ४० केजीकी सुशिला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रविन्द्र सुनारले पदक जितेका छन्।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कास्यपदक जित्दै छैटौं स्थानमा रहेको छ। सुदूरपश्चिमका ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आशिष सेजुवाल र ६१ केजी तौल समूहकी सोनियाँ तिरुवाले रजत पदक हात पारेका छन्। कास्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ कजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीमा खेल्ने अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङले कास्यपदक प्राप्त गरे।

स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेशले सातौं र आठौं स्थानमा रहेका छन्। मधेस प्रदेशले ३ रजत र ३ कास्य पदक जितेको छ। मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समूहकी सबिना दियालीले रजत पदक हात पारेका छन्। ५० केजीका उज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सबिना दियालीले नै कास्य पदक प्राप्त गरिन्।

कर्णाली प्रदेशले १ रजत र १ कास्य पदक जितेको छ। कर्णालीका ६७ केजी तौल समूहका सन्दिप बिकले रजत र ४५ केजी तौल समूहका मिलकुमार राईले कास्यपदक हात पारेका छन्। प्रतियोगितामा स्वर्ण पदक जित्नेले १० हजार, रजत पदक पाउनेले ७ हजार र कास्य पदक पाउनेले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको आयोजक कमिटीका मदन उप्रेतीले जानकारी दिए।

शनिबारदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेश र आयोजकको एकसहित ८ टिमको सहभागिता रहेको थियो। देशभरका १२० भन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले गरेका थिए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक