बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

नेपालमा उत्पादन हुने औषधि गुणस्तरीय बनाउनुपर्छः मन्त्री बस्नेत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालमा उत्पादन हुने औषधि गुणस्तरीय बनाउनुपर्छः मन्त्री बस्नेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ  / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा उत्पादन हुने औषधिलाई गुणस्तरीय बनाउनुपर्ने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको नेपाली औषधि उद्योगको विकास र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले औषधिको उत्पादनसँगै गुणस्तरमा पनि उद्योगीहरूले ध्यान दिनुपर्ने बताएका हुन्।

साथै उनले काम गर्ने क्रममा झन्झट भएकोमा त्यसको निरूपणमा आफू लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले भने ‘तपाइले देशका लागि जनताका लागि राम्रो काम गर्दागर्दै बढी दुःख पाउनुभयो भने त्यो पनि कुनै व्यक्तिका कारणले भने म त्यसो हुन दिन्न तर नीति गत कुरा हो भने त्यसमा सबै पक्षको साथ र सहयोग आवश्यक पर्छ मैले एक्लै सक्ने कुरा भएन तर स सधैँ प्रयासरत भने रहन्छु।’

उनले नेपाललाई  औषधी उत्पादनमा आत्मनिर्भर बनाउन सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री बस्नेतले औषधी उत्पादनको क्षेत्रमा भएका समस्याहरूलाई सुधार गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे।

कार्यक्रममा औषधी उत्पादक सङ्घका पूर्व अध्यक्ष दीपक प्रसाद दाहालले नेपालमा औषधी उत्पादनको विकासक्रम र सम्भावनाबारे प्रकाश पारे।

उनले औषधि उद्योगलाई राज्यले प्राथमिकता दिए आयात प्रतिस्थापन गर्न सकिनेमा जोड दिए। नेपालका औषधि उद्योगहरू ५० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भइरहेको बताउँदै राज्यले सहयोग गरेमा दोब्बर बढी उत्पादन गर्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने ‘हामीले ७ अर्ब को कच्चा पदार्थ ल्यायौँ भने त्यसबाट हामीले ३० अर्ब बढी आर्जन गर्न सक्छौँ अर्को कुरा त्यसभित्र नेपाली श्रमिकले रोजगारी पाउँछन्। राज्यको पुँजी स्वदेशमै रहन्छ आत्मनिर्भर पनि हुन्छौँ भने अर्को तर्फ हाम्रा उत्पादनले विदेशी मुद्रा भित्र्याउन सहयोग गर्छ। अर्को कुरा ३० अर्ब माथि भने कमाउने भनेको सबै खर्च जोडेर हो खुद नाफा मात्रै होइन।’

उनले त्यसैगरी औषधि ऐन पूर्ण रूपमा कार्यान्वयन नहुँदा उद्योगीले थप चुनौती सामना गर्नुपरेको बताए। उद्योगीको संरक्षण गर्न छिमेकी मुलुकले अवलम्बन गरेका नीतिबारे पनि उनले जानकारी दिए।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा रहेका विकृतिलाई सुधार गर्न आफूले आवश्यक पहल गरिरहेको बताए। उनले राज्यले कर्मचारीहरूका लागि गरिरहेको बताउँदै नागरिकलाई सहज सेवा दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभागले कम जनशक्तिमा बढी काम गर्नुपरेको प्रस्ट पारे। ऐन कार्यान्वयनको सन्दर्भमा विभागले मात्र नसक्ने बताउँदै राजनीतिक रूपमै प्रतिबद्धता आउनुपर्ने उनको भनाइ छ।

औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजंग पाण्डेले  नेपाली औषधिहरूले विश्वमा विश्वास जित्दै गएको दाबी गरे। सरकारले स्वदेशी उत्पादनलाई  प्रोत्साहन दिनुपर्ने बताए।

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले नेपालमा उद्योगको विकास गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्ने बताए। औषधि उद्योगीले भोग्नुपरेको समस्या र समाधानको निकास निकाल्न सबै पक्ष एक ठाउँमा आएको उनको भनाइ छ।

उनले औषधि उद्योगीलेपनि आफ्नो धर्म बिर्सन नहुने बताउँदै आ–आफ्नो ठाउँबाट सबै जना जिम्मेवार हुनुपर्ने बताए।

यो पनि पढ्नुहोस्

भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण

२ दिन अगाडि
जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक