बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

किन झिकियो ओलीले अनावरण गरेको धरहराको शिलालेख ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
रवीन्द्र घिमिरे

काठमाडौं । पुनर्निर्मित धरहरा काम सकिएर उद्घाटन भयो कि नसकिंदै ? यसबारेको विवादमा सधैँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टावरतर्फको काम सकेपछि उद्घाटन गरेको र अन्य काम मात्रै बाँकी रहेको बताउँदै आएका छन् ।

तर,  उनले अनावरण गरेको धरहराकै टावरमा टाँसिएको शिलालेख काम नसकिएको भन्दै हालै निर्माण कम्पनीले नै झिकेर स्टोरमा थन्काएको छ ।

निर्माण नसकिंदै उद्घाटन भएको धरहराको बाँकी काम समस्या परेको भन्दै निर्माण कम्पनीले नै उक्त शिलालेख हटाएको हो । ११ वैशाख, २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले अपुरो आयोजनामा आफ्नो नाम लेखाउनकै लागि धरहराको पुनर्निर्माणको शिलालेख अनावरण गरेका थिए ।

ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनका धरहरा पुनर्निर्माण परियोजनाका व्यवस्थापक रमेश पौडेलका अनुसार हतार–हतार उद्घाटनको तयारी गर्दा शिलालेख राखिएको स्थानमा निर्माणका काम बाँकी नै थिए ।

‘त्यो शिलालेख अस्थायी रुपमा राखिएको थियो, टावर र भर्‍याङको एक्सपान्सन जोइनको बीचमा अन्तर थियो, त्यो ग्यापमा भरेर वाटरप्रुफ बनाउनुअघि नै त्यो शिलालेख त्यहीमाथि टाँस्नुपरेको थियो,’ पौडेलले भने,‘अहिले फिनिसिङको काम गर्दा बाँकी सबै काम गर्नुपर्ने भएपछि शिलालेख हटाएका हौं ।’

बाहिर चर्चा भएजस्तो कसैको निर्देशनका आधारमा यस्तो नगरिएको पौडेलले प्रष्ट पारे । तर, झिकिएको शिलालेख सुरक्षित राखिएको उनले बताए । सरकारले दिने निर्देशनको अधारमा शिलालेख पुनर्स्थापित गरिने उनले बताए ।

‘बाँकी काम काम सकिएपछि हामीलाई सहरी विकास तथा भवन निर्माण विभागले जहाँ जसरी त्यो शिलालेख राख्न भन्छ, त्यसैअनुसार राख्छौं,’ उनले भने,‘अहिले बाहिर हल्ला गरिएजस्तो शिलालेख गायब गरिएको छैन, हटाएको वा फुटाएको छैनौं । सुरक्षित रुपमा कतै राखेका छौं ।’

अझै बाँकी छन् काम 

धरहरा उद्घाटन भएको नै गत ११ वैशाखमा २ वर्ष पुरा भएको थियो । तर, अहिलेसम्म धरहरा टावर निर्माणकै काम सकिएको छैन । रमण कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक रमेश पौडेल कुल ८७ प्रतिशत काम सकिएको बताउँछन् ।

‘टावरतर्फको बेसमेन्टका काम लगभग सकिएको छ,’ व्यवस्थापक पौडेलले भने, ‘करिब १२–१३ प्रतिशत काम बाँकी छन् ।’

पछिल्लोपटक ठेकदार कम्पनी रमण कन्स्ट्रक्सनले  आगामी असोजसम्म म्याद पाएको छ । तर, असोजसम्म काम सकिने निश्चित भने छैन ।

अहिले काम सुस्त गतिमा भइरहेको छ ।  ११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब ४२ प्रतिशत काम सकिंदाकै अवस्थामा धरहराको उद्घाटन गरेका थिए । अझै पनि धरहराको टावर र त्यसमुनि बनेको पार्किङको फिनिसिङ भइसकेको छैन ।

काम नसकिंदै हतार–हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्‍याङ नै बनिसकेको थिएन । अहिले पनि लिफ्ट जडानसम्बन्धी काम चलिरहेको छ । संग्रहालय निर्माणको काम अझै बाँकी छ ।

परियोजना व्यवस्थापक पौडेलका अनुसार सुन्धाराको पुनर्निर्माण सुरु भइसकेको छैन । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ । भत्किएको पुरानो धरहरालाई प्रवलीकरण गर्न नै बाँकी छ । पुरानो धरहरा र सुन्धाराको सुधार र प्रबलीकरणका लागि पुरातत्व विभागले स्वीकृति पनि दिन बाँकी रहेको पौडेलले बताए ।

विभागले सबै काम सकेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने छ । तर, अहिलेसम्म परियोजना बन्छ भन्ने तय छैन । धरहरा सर्वसाधारणलाई चढ्नका लागि कहिले खुला गर्ने भन्ने तय भएको छैन । कहिलेसम्म धरहरा निर्माणको सबै काम सकिन्छ भन्ने पनि यकिन छैन ।

‘सबै काम नसकी खुला गर्दा भीडभाड कारण बाँकी काम गर्न सकस हुन्छ,’ परियोजना व्यवस्थापक पौडेल भन्छन्,‘कम्तीमा असोजसम्म धरहरा सर्वसाधारणको लागि खुल्दैन ।’

कस्तो बन्दैछ धरहरा ?
– बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना छ र जमिनमाथि भुईंतलासहित २३ तला हुनेछ । यसरी समग्रमा धरहरा २५ तल्लाको हुनेछ ।
– जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ ।
– धरहराभित्र २ वटा लिफ्ट हुनेछन् । एकपटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । यसबाट बृद्धवृद्धा एवम् अपाङ्गता भएका व्यक्तिहरुलाई धरहरामाथिको पहुँचमा सहजता हुनेछ, साथमा फलामको भर्‍याङ पनि राखिएको छ ।
– धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २०औं तल्लाबाहिर २.५ मिटर चौडाईको बार्दली  छ ।
– २२औं तल्लामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।
– धरहरा मुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भर्‍याङबाट तल माथि गर्न सकिनेछ ।
– दुई तले भूमिगत संरचनासहित तीनतले भूमिगत पार्किङ  बन्दैछ ।
– एउटा अर्ध–भूमिगतसहित चार तल्ले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय  बनाइँदैछ।
– ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ निर्णाण हुँदैछ ।
– विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा तयार गरिनेछ ।
– संरक्षित ऐतिहासिक भीमसेन स्तम्भ स्मारकका रूपमा रहनेछ ।
– संरक्षित ऐतिहासिक सुन्धारा, जसमा हुनेछ २४ सै घन्टा पानी झर्ने व्यवस्था गरिनेछ ।
– धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल बन्नेछ । 

अनलाइनखबर

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक