आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : मन्त्री साउद

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : मन्त्री साउद

eQmk'/, @^ h]7 -/f;;_ M k//fi6« dGqL PgkL ;fpb nufot sfFu|]; g]tfx? zlxb /fw]Zofd hf]G5]F :d[lt k|lti7fgn] cfh oxfF cfof]hgf u/]sf] !! cf}F jflif{s :d[lt;ef tyf 5fqa[lQ Pj+ k|df0fkq ljt/0f ;df/f]xdf ;xeflu x'b} . tl:j/ M /d]z lu/L÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताउनुभएको छ। उहाँले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताउनुभयो।

शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको ११औँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले दुई देशबीचको सम्बन्ध बिगार्ने गरी बोल्न नहुने बताउनुभयो।

सरकारले कुनै पनि विदेशी नीतिका बारेमा बोल्दा गहन अध्ययन गरेर स्पष्ट भएर मात्रै बोल्नुपर्ने बताउँदै उहाँले प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाँदा हचुवाको भरमा कुनै पनि विषय नबोलेको स्पष्ट पार्नुभयो।

“भारतको संसद्मा हामी गएका छैनौँ, नेपालको भूमि समावेश गरिएको नक्सा राखेको देखेका पनि छैनौँ, त्यस्तो भएको हो भने पनि नेपाली दूतावासले त्यसबारेमा आधिकारिक रुपमा जानकारी दिनुपर्यो, यसबारेमा कि त भारतले नै भन्नुपर्यो, तब मात्र त्यसबारेमा भ्रमणमा एजेण्डा बन्छ”, उहाँले भन्नुभयो, “हचुवाको भरमा बोल्दा दुई देशबीचको शक्ति सन्तुलन बिग्रन्छ, सम्बन्ध बिगार्न हुँदैन।”

नक्साका बारेमा भारतले आधिकारिक रुपमा त्यो विषय राजनीतिक होइन भनिसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा क्षति पुग्ने गरी कसैले पनि बोल्नु हुँदैन भन्दै उहाँले नबुझी बोल्ने परम्पराले जिम्मेवार परराष्ट्रनीति अगाडि बढ्न नसक्ने बताउनुभयो।

छिमेकी दुई राष्ट्रसँग र शक्ति राष्ट्रहरुसँग सन्तुलित परराष्ट्र नीतिका आधारमा विकासको साझेदारी गर्दै आएको उहाँले स्मरण गर्नुभयो। सांसद विकास कोषको पाँच करोडको सन्दर्भमा सांसदलाई चुनाव खर्च उठाउन दिएको भन्ने भ्रममा कोही पनि पर्न नहुने उहाँको भनाइ थियो।

“धेरै देशमा सांसद विकास कोष दिने प्रचलन छ, तर त्यो रकम आफूखुसी गर्न र आफूले चाहेको काम गर्न होइन”, मन्त्री साउदले भन्नुभयो, “एक करोडभन्दा कम रकम कुनै पनि योजनामा छुट्याउन पाइँदैन र पाँच करोडले आफ्नो क्षेत्रमा देखिने ठूला आयोजना ठेक्का पद्धतिबाट सम्पन्न गने गरी विकास आयोजना छनोट गर्ने अधिकार सांसदलाई छ।”

पहुँचमा हुनेले आफ्नो क्षेत्रमा मात्रै बजेट लैजाने र अरु क्षेत्रमा बजेट नजाने सम्भावना रहेकाले देशभरका एक सय ६२ क्षेत्रमा सांसद कोषबाट पाँच करोडका दरले रकम जाँदा सबै निर्वाचन क्षेत्रमा सन्तुलित विकासमा सहयोग पुर्याउन सांसद विकास कोषको रकम बजेटमा ल्याएको उहाँले बताउनुभयो। यो रकम खर्च गर्न सरकारले निर्देशिका जारी गरेर परिचालन गर्ने उहाँको भनाइ थियो।

स्वर्गीय जोन्छेँको योगदानको चर्चा गर्दै मन्त्री साउदले कांग्रेसभित्र न्यायको आवाज बोल्ने व्यक्ति र सार्वजनिक पदको लोभ नगर्ने नेतालाई पनि तत्कालीन आवस्थामा निशाना बनाएको टिप्पणी गर्नुभयो। उहाँले पार्टीमा भित्रभित्रै लडेर प्रतिपक्षलाई मैदान खाली गर्नुभन्दा नेपाली कांग्रेसका युवा वर्गले अब गन्तव्यको पहिचान पहिल्याउनुपर्नेमा जोड दिँदै आफू पनि केही गर्न नसक्ने र पार्टीको पनि विरोध गरिरहने चरित्र अब बन्द गर्नु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइरालाले वर्तमान संविधानको अहिलेकै व्यवस्थाले देशमा बहुमतको एकल सरकार गठन हुने सम्भावना नरहेको भन्दै संविधान संशोधन गर्र्नुपर्ने औँल्याउनुभयो। कांग्रेसका अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले पार्टीभित्रको विवाद अन्त्य गरेर एक ढिक्का बनाएर लैजानु आजको आवश्यकता भएको बताउनुभयो।

कार्यक्रममा सङ्घीय सांसद एवं कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जनयुद्ध कालमा विसं २०५८ मा तत्कालीन माओवादीले घरमै बसिरहेको जोन्छेँलाई गोली हानेको स्मरण गर्दै अहिले संविधानको रक्षा र राष्ट्रको हितका लागि विगतका तितोलाई बिर्सिएर त्यही पार्टीसँग गठबन्धन गरी दुई निर्वाचन र सरकारमा सँगै जानुपरेको बताउनुभयो।

उहाँले पार्टीको भूमिकाप्रति आम कार्यकर्तामा असन्तुष्टि चुलिँदै गएको बताउँदै उहाँले एउटा वडाध्यक्षले २० करोड खर्च गर्ने तर सांसदले पाँच करोड खर्च गर्ने गरी सांसद विकास कोषको व्यवस्था गर्नु अनावश्यक भएको बताउनुभयो। कार्यक्रममा भक्तपुरका शिक्षासेवी गङ्गाधर हाडालाई मरणोपरान्त सम्मान गरिएको थियो। मन्त्री साउदले हाडाकी पत्नी कवितालाई उक्त सम्मान पत्र प्रदान गर्नुभयो। विभिन्न विद्यालयका विद्यार्थीलाई पाँच हजार, सात हजार र १२ हजारको छात्रवृत्ति रकम प्रदान गर्नुभयो। रासस

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव

१ घण्टा अगाडि
निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक