शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्वोच्चले माग्यो नागरिकता विधेयकको प्रमाणित प्रति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले जेठ २१ गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै विधेयक प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको निवेदनमाथि सर्वोच्चले उत्प्रेषण परमादेश जारी गर्दै जेठ ३० गतेका लागि अर्को पेसी तोकेको छ।

मन्त्रिपरिषद्को जेठ १२ गते बसेको बैठकले अघिल्लो संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नभई शीतल निवासमा थन्किएको र त्यसलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई स्मरण गराएको थियो। मन्त्रिपरिषद्ले स्मरण गराएकै आधारमा नौ महिनादेखि राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयकलाई जेठ १७ गते प्रमाणीकरण गरेका थिए। राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयक कानुनविपरीत रहेको भन्दै भण्डारीले कार्यान्वयन नगर्न मागसहित रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले जेठ २१ गते रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्नुको कारण सोध्दै त्यसलाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

तत्कालका लागि नागरिकता वितरणमा रोक लगाउँदै सर्वोच्चले शुक्रबार दुवै (रिट निवेदक र सरकार) पक्षबाट सुनुवाइका लागि बोलाएको थियो। अघिल्लो प्रतिनिधिसभाबाट पारित भई नागरिकतासम्बन्धी विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा पुगेको थियो। संघीय संसद्बाट दुईपटक पारित भएको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयकमाथि प्रश्न उठाउँदै तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

संविधानअनुसार संघीय संसद्ले दोस्रोपटक पारित विधेयक राष्ट्रपतिले रोक्ने प्रावधान नभए पनि भण्डारीले स्वविवेक प्रयोग गर्दै रोकेकी थिइन्। राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा भने संविधानको धारा ६१ को उपधारा २ देखि ४ र धारा ६६ का साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई आधार मानेको उल्लेख गरेका थिए। संविधानअनुसार राष्ट्रपतिले संघीय संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयकमा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। नागरिक दैनिकबाट

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

११ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक