आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home मौसम

तराई र पहाडमा अधिक गर्मी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
डढेलोका कारण वायु प्रदूषण बढ्दो, सम्भव भएसम्म घर बाहिर ननिस्किन वातावरण विभागको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

स्थानीय वायुको समेत आंशिक प्रभाव

२ दिन अगाडि
काठमाडौं । नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा तापलहरको तीव्र अवस्था सिर्जना भएको हो।

यसअघि भएका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भूभागमा पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जलवाष्प नभएको सुक्खा तातो हावा र लूको दोहोरो चाप नेपालको मौसममा परिरहेकाले पहिलेका उच्च तापक्रमको रेकर्ड तोडिन थालेको विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठले बताईन् ।

तापक्रमको पहिलो ‘रेकर्ड ब्रेक’ मध्य तराईको नवलपरासीको दुम्कौली र पहाडी क्षेत्रको ओखलढुङ्गामा एकैदिन भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिईन्। उनका अनुसार तापक्रम ब्रेक हुन पहिले कायम भएको तापक्रमभन्दा माथिको तापक्रम लगातार तीनदेखि पाँच दिनसम्म कायम हुनुपर्ने मापदण्ड रहन्छ।

त्यही अनुसार लगातार तीन दिनसम्म ४३.८ डिग्री सेल्सियस कायम रहँदै दुम्कौलीमा बुधबार अर्थात् जुन ७ तारिखमा यसअघिको तापक्रमको रेकर्ड ब्रेक भएको हो। शुक्रबार त्यहाँ ४४ डिग्री सेल्सियस पुगेको छ। त्यस क्षेत्रमा यसअघि सन् १९७९ जुन ५ तारिखमा अधिकतम तापक्रम ४३.७ डिग्री सेल्सियस कायम भएको थियो। बिहीबार मोरङको कानेपोखरीमा पनि ४४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै चिसो हावापानी भएको मानिने ओखलढुङ्गामा तापक्रम बढ्दै बुधबार रेकर्ड ब्रेक हुँदै अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस रेकर्ड भयो। यसअघि त्यस क्षेत्रमा सन् १९९९ अप्रिल २८ तारिखमा अधिकतम तापक्रम ३०.९ डिग्री रेकर्ड भएको थियो।

त्यस्तै इलामको कन्याम चिया बगानमा पनि गत सोमबार हालसम्मकै अत्यधिक तातो ३० डिग्री रेकर्ड भएको छ। त्यहाँ यसअघि सन् १९७३ जुलाई १० तारिखमा २९ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो।

धरान बजारमा पनि यसअघि सन् २०१३ अप्रिल १२ तारिखमा ३८.८ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेकोमा गत बुधबार ३९.३ डिग्री सेल्सियस पुग्यो। नेपालगन्ज, धनगढी, जनकपुर, विराटनगर, सिमरा, भैरहवा, कपिलवस्तुलगायतका स्थानमा उच्च तापक्रमको दर बढ्ने क्रममा रहेकाले पुरानो रेकर्ड ब्रेक हुने उच्च सम्भावना देखिएको मौसमविद् कँडेलको भनाई छ। नेपालमा अहिलेसम्म सन् १९९९ को जुन ५ मा धनगढीमा रेकर्ड भएको ४६.४ डिग्री सेल्सियस सबैभन्दा उच्च तापक्रम हो। गोरखापत्र दैनिकबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक