शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

दश पार्टी मिलेर बनेको सरकार कामभन्दा पनि हल्ला बढी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दश पार्टी मिलेर बनेको सरकार कामभन्दा पनि हल्ला बढी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारको स्पष्ट गन्तब्य नदेखिएको बताउनुभएको छ । आँधीखोला गाउँपालिकाको नबनिर्मित भवनको शुक्रबार यहाँ उद्घाटन गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।

दश पार्टी मिलेर बनेको सरकार कामभन्दा पनि हल्ला बढी गरेको उहाँको आरोप छ ।  पुर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको तीन बर्षमा बिकासमा ठूलो फड्को मारेको जिकिर गर्नुभयो ।

सरकारले जनताको ढाड सेकाउने काम गरेको बताउँदै ओलीले भन्नुभयो, “निराश नहुनुस् एमालेले मुलुकलाई बिकास तथा समृद्धिको बाटोमा ल्याइ छाड्नेछ ।” प्रधानमन्त्रीको भारतीय भ्रमण सफल नएको टिप्पणी गर्दै उहाँले लिम्पियाधुरा, कालापानी, लिपुलेक मिचिएको भूभागबारे कुरा उठाउन नसकेको उहाँले आरोप लगाउनुभयो ।

एमाले सधैं प्रतिपक्षमा बस्ने पार्टी नभएको बताउँदै अध्यक्ष ओलीले प्रतिपक्षमा मात्र बस्ने कसम नखाएको चर्चा गर्नुभयो । सत्ताका लागि एमाले मरिहत्ते नगर्ने र देश बनाउन सरकारमा जाने उहाँको भनाइ छ ।

त्रेतायुगबाट आँधिखोला गाउँपालिकाको इतिहास रहेको बताउँदै अध्यक्ष ओलीले चार हजार बर्षको इतिहासलाई पालिका भवनले पहिचान गरेको बताउनुभयो । आफू २०४२ मा स्याङ्जा जेल बस्दाको स्मरण गर्दै उहाँले अहिले स्याङ्जा विकासमा फड्को मारेको बताउनुभयो ।

यहाँका गाउँमा मोटर बाटो, बिजुली बत्ति, खानेपानी पुगेको बताउँदै पूर्वाधार, स्वास्थ्य, शिक्षाका लागि आफू प्रधानमन्त्री भएका बेला सहयोग गरेको उहाँले दावी गर्नुभयो । आफुलै एकै दिन ३९६ योजनाको शिलन्यास गरेको बताउँदै बर्तमान सरकारले बजेट कटौती गरेर बिकास रोकेको आरोप लगाउनुभयो ।

यस्तै, गण्डकी प्रदेश सांसद तथा निबर्तमान गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल, पालिका अध्यक्ष बिश्व पौडेल, उपाध्यक्ष देबी थापालगायतले मन्तब्य राख्नुभएको थियो । आँधिखोला गाउँपालिकाको कृषिमा २७ रोपनी क्षेत्रफलमा पाँच करोड ६४ लाख ४२ हजार रुपियाँको लागतमा निर्माण गरिएको हो ।

२०७३ सालमा देश संघीयतामा गएसँगै नयाँ भवनको आवश्यकतालाई परिपूर्ति गर्न २०७६ जेठ १० गते देव एण्ड सागर क्याराभान जेभीले सम्झौता गरेर भवन निर्माण थालेको थियो । ३४ कोठा र दुई हलसहित रहेको भवन चार तलाको बनेको छ । सो अवसरमा जग्गा दातालाई सम्मानित गरिएको छ ।

यस्तै, शुक्रबार अध्यक्ष ओलीले कालिगण्डकी गाउँपालिका भवनको समेत उद्घाटन गर्नुभयो । कालिगण्डकी गाउँपालिका श्यामसुन्दर निर्माण सेवाले सात करोड ७० लाखमा २२ कोठाको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । निर्माण सेवाले २०७७ असार ३० गते दुई बर्षमा सक्नेगरी सम्झौता गरेको भए पनि निर्माण केही ढिलोगरी सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

१ दिन अगाडि
बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

एन्फाबारे छानबिन गर्न समिति गठन

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक