शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

एमाले नेतामाथि आक्रमण सरकार मौन बसेको आरोप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एमाले नेतामाथि आक्रमण  सरकार मौन बसेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरुमाथि हमलाको निरन्तर प्रयास भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा एमाले सचिव योगेशकुमार भट्टराईले सत्तापक्षकै कार्यकताले हिजो पनि कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता राम राना र उपसभामुख सिर्जना दनुवारमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाउनुभयो । आक्रमणको प्रयास गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको आरोप लगाउँदै त्यसको जवाफ सरकारसँग माग गर्नुभयो ।

सत्तापक्षकै कार्यकर्ताले हाम्रो पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण गर्दा पनि सरकार किन मौन बसिरहेको छ उहाँले जिज्ञासा गर्नुभयो । प्रदेशको नामकरण गर्ने विषय प्रदेशकै अधिकार भएकाले त्यसलाई लिएर एमालेमाथि आक्रमण हुनु दुःखद भएको बताउनुभयो । प्रदेश राजधानीको नामकरण विषयलाई लिएर एमालेमाथि भइरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिने हो भने एमालेले संसद बैठक सूचारु हुन नदिने सचिव भट्टराईले चेतावनी दिनुभयो । मुलुकलाई जातीय, धार्मिक र सम्प्रदायिक ढंगले बिभाजन गर्ने काम गरिएको भन्दै आफ्नो पार्टीलाई सैह्य नहुने उहाँले बताउनुभयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘कुरा गम्भीर छ । सबै प्रदेशहरुले आफ्नो नाम तोके । राजधानी पाए । प्रदेश १ पनि आफ्नो राजधानी तोक्यो । २०७९ सालको निर्वाचनपछि बनेको प्रदेशसभाले २०७९ सालको फागुन १७ गते प्रदेशसभाको दुई तिहाईभन्दा भारी मतले प्रदेशको नाम कोशी प्रदेश तोक्यो । जुन स्वभाविक लोकतान्त्रिक प्रक्रिया भएको उहाँको भनाइ छ ।

प्रदेश २ को नाम के राख्ने ? निकै लामो बहस भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “त्यतिबेला हाम्रो पार्टीले जानकी प्रदेश नाम राख्ने प्रस्ताव गरेको थियो । नेपाली काँग्रेसले मिथिला प्रदेश प्रस्ताव गरेको थियो । त्यहाँ मतदान हुँदा मधेश प्रदेश दुई तिहाइले पारित भयो । हाम्रो पार्टीको असहमती थियो । तर लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हुनुको नाताले हामीले सो कुरालाई स्विकार गरेका छौंं ।”  कोशी प्रदेशको नाम के राख्ने ? कोशी प्रदेशको आफ्नो अधिकारभएको उहाँले चर्चा गर्नुभयो ।

सर्वसाधारण नागरिकको ज्यान, धनको सुरक्षा गर्ने दायित्व सरकारको भएको चर्चा गर्दै सांसद भट्टराईले भन्नुभयो, “हामीले देख्यौं– आन्दोलनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भयो । त्यो मृत्यु के कारणले भयो ? म आज यो सम्मानित सदनमा गृहमन्त्रीजीलाई सोध्न चाहन्छु ।” सरकार मुकदर्शक भएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “आफ्नो सहकर्मी पुलिसको सुरक्षा गर्न सरकारले सकेको छैन,  राजनीतिक दलका नेताको सुरक्षा गर्न सकेको छैन । यो बिडम्बनापूर्ण कुरा हो ।”

ढुंगामुढा गरेर हुँदैन । अराजकता सिर्जना गरेर समस्या समाधान नहुने भन्दै नेता भट्टराईले देशमा जातीय विभाजन गर्न खोज्नु गलत भएको बताउनुभयो । चित्त नबुझेका कुरा शान्तिपूर्ण ढंगले राख्न सबैलाई अधिकार रहेको तर अराजकता मच्चाउने छुट नरहेको उहाँले बताउनुभयो । “वैधानिक तरिकाले प्रदेशको नाम बदल्नु हुन्छ भने बदल्नुस । त्यसमा एमालेको आपत्ति छैन । तर एमालेमाथि पार्टीगत हिसावले र नेतागत हिसावले निशाना लगाईन्छ भने एमालेको सुरक्षा एमालेले गर्छ ।”

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

१ दिन अगाडि
बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

एन्फाबारे छानबिन गर्न समिति गठन

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक