वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका –५ का पूर्ब वडाअध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । विहीबार सोही वडाको जोगिमारामा काम गरिरहेको जेसीबी अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएपछि उहाँको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको थियो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडाअध्यक्ष रहनुभएको थियो ।