शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

शक्तिपृथकीकरण र संसदको अभ्यासले गरेको संकेत !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

सरकारले ल्याएको नागरिकता विधेयक कार्यान्वयनको विषय जटिल बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पूर्ववर्ती विद्यादेवी भण्डारीले थन्क्याएको विधेयक प्रमाणीकरण गरेपछि यस विषयले अदालतमा प्रवेश पाएको छ भने संसदमा पनि चर्काचर्की सुरु भएको छ । साथै, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका पनि आमनेसामने भएका छन् । नयाँ कानुन अन्तर्गत जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुला हुने जनाइएको छ । २०७९ साल भदौ २० गते संसद्का दुवै सदनले छलफल गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको भए पनि उक्त विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थिएन ।

तर पुनः संसद्का दुवै सदनले त्यसमा कुनै परिवर्तन नगरी अक्षरशः अनुमोदन गरेको विधेयकलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले जेठ १२ गते निर्णय गरेर प्रमाणीकरणको लागि प्रस्तुत गरेको थियो । तर लिखित सुझावसहित फिर्ता पठाइएको विधेयकमा कुनै सुधार नगरिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रपतिको अपमान भएको अभिव्यक्ति दिएका थिए । त्यही विधेयक अहिले राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
नेपाल भूपरिवेष्ठित राष्ट्र हो, जसको दक्षिणतर्फको भारतसँगको सीमा खुला छ । कुनै रोकतोकविना नै दुवै देशमा आउजाउ गर्न मिल्ने भएका कारण ठूलो संख्यामा नेपाली र भारतीय एकअर्काका देशमा विभिन्न काम विशेषले बस्दै आएका छन् । नेपालको तराई क्षेत्र र सीमावर्ती भारतीय क्षेत्रका जनताबीच लामो समयदेखि पारिवारिक सम्बन्ध पनि छ । विवाहका कारण एकअर्काबीच नातासम्बन्ध कायम हुँदै आएको छ । नेपालभन्दा धेरै ठूलो भारत पछिल्लो समय सबैभन्दा धेरै जनसंख्या भएको मुलुक पनि बनिसकेको छ । तर, भारतका लागि यो जनसंख्याको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा नेपालमा पटकपटक ल्याइने नागरिकतासम्बन्धी कानुनका कारण लाखौं भारतीयले नेपाली नागरिकता लिने गरेका छन् । एक दशकअघि सरकारले नागरिकतासम्बन्धी नयाँ व्यवस्था ल्याउँदा तराईका सीमा क्षेत्रका भारतीयले नागरिकता लिएको तथ्य बाहिरिएको थियो । उनीहरुसँग भारतीयसँगै नेपाली नागरिकता हुँदा नेपालतर्फ चलखेल गर्न सहज हुने विभिन्न अध्ययनले देखाएको थियो ।

अदालतले पनि विधेयकलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐन पहिलो संशोधनविरुद्ध परेको रिटमा अन्तरिम आदेश हुने वा नहुने भन्नेबारे जेठ २६ मा दुवैपक्षको बहस सुन्ने भएको छ । राष्ट्रपति कार्यालयलगायतका विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि इजलासले आदेश दिएको छ । सर्वोच्च अदालतको यो आदेशसँगै नागरिकता ऐनको पहिलो संशोधन कार्यान्वयन हुन सक्ने छैन ।
संघीय संसद्का दुवै सदनले पारित गरेर तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी नागरिकता विधेयकलाई प्रमाणीकरणका लागि पहिलोपटक २०७९ साउन १५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको थियो । भण्डारीले विधेयक प्राप्त भएको १५ औं दिन साउन २९ मा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सन्देशसहित संसद्मा फिर्ता गरेकी थिइन् । त्यसपछि उक्त दुवै विधेयकलाई संघीय संसद्ले पुनः हुबहु पारित गरेर २०७९ भदौ २० मा राष्ट्रपतिसमक्ष पठाएको थियो ।
नागरिकता जस्तो संवेदनशील विषय सिंगो देशकै चासोको विषय हो । नागरिकता प्राप्तिमा केही सहमति होला, तर आफ्नो नागरिकलाई नागरिकता दिने आडमा विदेशी नागरिकलाई सहज नागरिता प्रदान गर्ने विषय भने स्वीकार्य मान्न सकिँदैन । त्यसैले यसलाई राष्ट्रिय सहमतिका साथ दिर्घकालीन हिसाबले समाधान गर्नु उपयुक्त हुन्छ । सांसदहरुले पनि यो विधेयकलाई संसदमा पुनः छलफलका लागि आग्रह गरेका छन् । नयाँ निर्वाचित संसदले यसलाई छलफल नै गर्न नपाउनु संसद्को विशेषअधिकार हनन भएको सांसदहरुको भनाइ छ ।

नेपालमा कार्यपालिका, व्यवस्थापितका र न्यायपालिकाले एकअर्कालाई चुनौती दिएका उदाहरण निकै नै कम छन् । पछिल्लो समय त न्यायपालिकामा पनि दलको प्रभावका कारण सरकारी निर्णयलाई न्यायपालिकाको चुनौती फितलो देखिन थालेको छ । संसदमा त दलहरुको स्वार्थ मिल्दा समर्थन र नमिल्दा विरोधका स्वरहरु सुनिने गरेका छन् । सरकारबाट भएका निर्णय र कामहरुको वस्तुपरक बहस संसदमा निकै नै कम देखिन थालेका छन् । अर्कोतर्फ सरकारले गरेका कामहरुको संसदमा जवाफदेहिता पनि निकै कम छन् । त्यसकारण नागरिकता विधेकयले यी तीन निकायबीचको त्यही अभावलाई परिपूर्ति गर्न खोजेको जस्तो देखिन्छ ।

अब संसदमा यो विषयमा प्रतिपक्षी दलहरुले कसरी आफ्नो भूमिका कायम राख्छन् भन्ने मुख्य प्रश्न छ । विगतमा विवादमा आइसकेको र देशको सार्वभौमसँग नै जोडिएको नागरिकता विधेयकलाई दलहरुले संसदमा छलफल नै नगरी यत्तिकै जान दिन्छन् कि निरन्तर विरोधपछि सरकारलाई आफ्नो गल्ती महसुस गराउन बाध्य हुन्छन्, त्यो अहम् सवाल हुनेछ । यसले संसदलाई शक्तिसम्पन्न र शक्तिपृथकीकरणको बाटोमा हिँड्न पनि सहज बनाउनेछ । हालसम्मको सरकारको छायामा चलिरहेको आलोचना पनि हट्नेछ । नयाँ विधेयकमा सर्वोच्च अदालतको पनि भूमिका पनि पक्कै महत्वपूर्ण हुनेछ । अदालतले यस विषयमा संसदमा पुनः छलफलका लागि आदेश दिनसक्छ । सरकारलाई आफ्नो गल्ती महसुस गराउन सक्छ । र, यस्तो निर्णयले पक्कै पनि धुमिल हुन लागेको न्यायपालिकाको साख पनि पुनः जोखाउनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

३७ मिनेट अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक