सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

यसरी नै बलियो होला गणतन्त्रको जग ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यसरी नै बलियो होला गणतन्त्रको जग ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नागरिकता विधेयक, सर्वोच्चको फैसला, बजेट र प्रधानमन्त्रीको भारत भ्रमण

काठमाडौं  । विगतमा सशस्त्र जनयुद्ध गरेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेका माओवादीलगायत राजनीतिक दलका नेताहरु विवादास्पद गतिविधिमा लागेपछि गणतन्त्रविरोधी गतिविधिहरु बढेको छ । बढ्दो भ्रष्टाचार, सरकारको अकर्मण्यता, नेताहरुमा विकसित भएको नवसामन्तशैली, विवादास्पद निर्णयले जनतामा गणतान्त्रिक व्यवस्थाप्रति नै प्रश्नचिह्न उठेको हो ।

हालसालै सरकारले ल्याएको बजेट होस् वा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक वा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नै किन नहोस्, सबै विवादमा परेका छन् । नागरिकता विधेयक विवादमा पर्नुको कारण हो, यसका विवादास्पद प्रावधानहरु खारेज वा परिमार्जन नहुनु, नयाँ संसदलाई छलेर प्रमाणीकरण हुनु । विगतमा नै पटकपटक विवादमा परिसकेको उक्त विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दराजमा थन्क्याएकी थिइन् । त्यसयता नयाँ निर्वाचित संसद पनि आइसकेको थियो । तर, सरकारले थप विवाद आउनसक्ने भय र आफ्नो स्वार्थपूर्ति नहुने आशंका कारण उक्त विधेयकलाई संसदलाई छलफलमा ल्याउनै चाहेन । सरकारको यो मनसाय बुझेका राष्ट्रपति रामचन्द्र पौडेलले पनि विधेयक प्रमाणीकरण गरिदिए ।

विवादास्पद प्रावधानका कारण आलोच्य बनेको विधेयक कार्यान्वयनको विषय अहिले जटिल मात्र बनेको छैन, नेताहरुका कसका लागि काम गदै छन् भन्ने पनि आशंका जन्मिएको छ । एकथरी विश्लेषकहरुले प्रधानमन्त्री प्रचण्डको भ्रमणअघि हतारहतार विधेयक प्रमाणीकरण हुनुले यसमा विदेशी राष्ट्रको स्वार्थ पनि गाँसिएको जनाउँछन् । न्यायपालिका र ब्यवस्थापिकालाई उछिन्दै र अवज्ञा गर्दै ‘श्री १० सरकार’को यो मनपरीले नागरिकताको विषयमा विवाद मात्र होइन, गणतन्त्रको अवशानलाई निकट बनाइरहेको महशुस हुन थालेको छ ।

त्यसैले सर्वोच्च अदालतले पनि विधेयक कार्यान्वयनको विषयमा गत आइतबार कारण देखाऊ तथा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले छलफलका लागि सम्बन्धित पक्षहरूलाई समेत झिकाउने आदेश दिएको छ । आइतबार नै नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सहितका दलले ‘नागरिकता विधेयक संसद्मा दर्ता गर्न’ माग गर्दै सदन अवरुद्ध गरेका थिए । प्रमुख प्रतिपक्षी एमालेसहित दलले उक्त प्रमाणीकरणलाई ‘असंवैधानिक’ जनाउँदै आएको छ । नयाँ कानुन अन्तर्गत जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुला गर्न लागिएको हो ।

हालै सरकारले ल्याएको बजेट पनि विवादमा परेको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको र करको दर हेरफेर अस्वाभाविक भएको विवाद निस्किएको हो । एकातर्फ बजेटको निर्माणमा नै प्रश्नचिह्न उठेको छ भने अर्कोतर्फ देशको अर्थतन्त्रलाई टेवा पुग्ने र सम्पूर्ण व्यवसाय, कृषि, उद्यम, रोजगारी जस्ता क्षेत्रमा उत्साह ल्याउने जस्ता योजना आउन नसकेको भन्दै विश्लेषकहरुले बजेटको आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटबारे बोल्दै यसलाई सच्याउन माग गरेका छन् । मुलुकको अर्थतन्त्र र जनताको आर्थिक अवस्थालाई मध्यनजर गरेर सरकार बजेट सच्याउन तयार हुनुपर्ने ओलीको भनाइ थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ओलीले बजेट सच्याउन माग गरेका हुन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने उनको भनाइ थियो । ‘यहाँ सत्ता अहंकार हुन्छ । बजेट सच्याउन मिल्दैन । बजेट सच्याएबापत सरकार असफल भयो भन्दैनौं हामी, सच्याउनुस् बजेट । सरकार असफल भयो, सरकारले बजेट फे¥यो भन्दैनौं हामी,’ उनले भने, ‘सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौं ।’ नेपाललाई विकसित देशमा रुपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवन स्तरमा पु¥याउन नसक्ने आफैं स्विकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामथ्र्यको अवमूल्यन गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको फितलो भारत भ्रमण पनि अर्को चर्चाको विषय बनेको छ । सीमा समस्या समाधान, ईपीजी प्रतिवेदन बुझ्ने र अतिक्रमित फिर्ता ल्याउने जस्ता विषयमा अडानका साथ प्रस्तुत हुन नसकेका प्रधानमन्त्री प्रचण्ड गेरुवस्त्र धारण गरेर मन्दिर धाउँदै भ्रमण पूरा गर्न व्यस्त देखिए । त्यही कारण पनि उनको भारत भ्रमणको विषयमा आलोचना भएको छ । अर्कोतर्फ नेपाली जलविद्युत् आयोजनालाई भारतलाई बुझाएर उनले भारतको विश्वास जित्ने प्रयास गरेका छन् ।

राष्ट्रपति हुन् वा प्रधानमन्त्री, पछिल्लो समय उनीहरुबाट हुँदै गएको एकपछि अर्को निराशाजनक निर्णयका कारण गणतन्त्रप्रति आम जनमानसको विश्वास तोडिँदै गएको छ । यसले वर्तमान राजनीतिक वितृष्णा बढाएको छ नै जनतालाई वैकल्पिक शक्तिप्रति ढल्किन पनि बाध्य बनाएको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

३८ मिनेट अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

४५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक