आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नागरिकता नीतिमा राजा वीरेन्द्र र राष्ट्रपति विद्यालाई इतिहासले सम्झनेछ !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लामो समयदेखि थन्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले हठात् प्रमाणीकरण गरेपछि यससम्बन्धी विवाद अहिले सतहमा आएको छ । नागरिकता विधेयक आफैमा विभिन्न कारणले विवादित रहँदै आएको विधेयक थियो । यस विधेयकमा विभिन्न कमीकमजोरी रहेको जनाउँदै यसअघिको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । सरकारले निर्णय गरेर र संसदले दुई पटक पास गरेर पठाए पनि विभिन्न विषयमा असन्तुष्टि जनाउँदै भण्डारीले विधेयक प्रमाणीकरण गर्न मानेकी थिइनन् । तर, अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको ठीक अघि राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् । यही कारण नागरिकता विधेयकलाई कानुनी रुपमा मान्यता दिएर कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अदालतले पनि तत्काल उक्त विधेयक कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश दिएको छ । विधेयककै विषयमा सडकदेखि सदनसम्म गरमागरम बहस पनि चलिरहेको छ ।
नागरिकता विधेयक लागू गर्नुअघि दुईटा विषयमा पुनर्विचार गर्न आवश्यक छ । पहिलो, यो विधेयकमा भएका विवादास्पद र खारेजयोग्य व्यवस्थाको परिमार्जन तथा खारेजी । कुनै पनि देशका लागि नागरिकता भनेको अति नै संवेदनशील विषय हो । यसमा पटकपटक फेरबदल हुनु उचित हुनुहुँदैन । तर, नेपालमा भने धेरैपटक नागरिकतासम्बन्धी विषयमा परिमार्जन गर्नेगरी कानुनहरु बन्दै आएका छन् । त्यसैले निश्चिन्त रुपमा यी कानुन देशी तथा विदेशी स्वार्थसमूहको दबाब तथा प्रभावमा परिवर्तन भइरहेको भन्न सकिन्छ । दक्षिणमा ठूलो जनसंख्या भएको भारतसँग खुला सीमा भएको नेपालमा सहजै नागरिकता वितरण हुनु यहाँका रैथानेमाथि बाहिरी व्यक्तिलाई हावी हुन दिनु पनि हो । त्यो अवस्थालाई मलजल गर्न नयाँ विधेयकले झनै सहयोग पुग्ने देखिन्छ । त्यसैले विदेशी महिला, पुरुष, जो नेपालीसँग विवाह गर्छन्, जो नेपालमा बसिरहेका छन्, जो बेवारिसे अवस्थामा भेटिएका छन्, उनीहरुलाई नागरिकता दिने विषयमा ठूलो विचार विमर्श आवश्यक छ ।
दोस्रो विचार गर्नुपर्ने विषय यो निर्वाचित संसदबाट पास भएर पारित भएको विधेयक होइन । अघिल्लो संसदले पास गरेर यो विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइएको हो । त्यसैले हालको संसदमा नयाँ निर्वाचित सांसदहरुले यसलाई फेरि संसदबाट छलफल गरेर प्रमाणीकरणका लागि पठाउनुपर्ने जनाएका छन् । यो जायज मागलाई सरकारले नसुन्नु, नयाँ संसदलाई छल्नु र प्रधानमन्त्रीको भारत भ्रमणअघि जारी हुनुले पनि यसमा शंका गर्ने प्रशस्त आधारहरु दिएका छन् । विगतमा राजा वीरेन्द्रको पालामा २०५७ सालमा यसैगरी नागरिकता सम्बन्धी विषय समेटिएको अर्थ विधेयक संसदले पास गरेर प्रमाणीकरणका लागि राजासमक्ष पठाइएको थियो । त्यतिबेला उनले सर्वोच्च अदालतसँग राय मागेर प्रमाणीकरण गर्न हुन्न भन्ने जवाफ पाएपछि प्रक्रिया अघि बढाएका थिएनन् । त्यही अवस्था भण्डारी राष्ट्रपति रहँदाको कार्यकालमा पनि देखियो । नागरिकताको विषयमा यी दुईको भूमिका इतिहासमा स्मरणीय भएको छ । अर्कोतर्फ विवादास्पद कानुन ल्याएर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड स्वयं पनि विवादमा तानिएका छन्, आगे प्रचण्डजीहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

२ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक