बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

महेन्द्र बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि भारतीय राजदूताकाे सहयाेग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके। नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । क्याम्पसमा  १७ वर्षअघि छात्रावास निर्माणका लागि कार्य सम्पादन सम्झौता भएकोमा हालसम्म निर्माण कार्य पुरा हुन नसकेपछि गत वर्ष दूतावासको टोली स्थलगत निरीक्षणमा आएको थियो ।

भारतीय पक्षले छात्रावासको पूर्णताका लागि पुनः लागत अनुमान तयार गरी दूतावासको सम्पर्कमा आउन आग्रह गरेको थियो । लगत्तै क्याम्पसले छात्रावास निर्माणका लागि लिखित कागजात सहित अनुरोध गरेकोमा भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपियाँ सहयोग गर्न सकिने प्रतिबद्धता जनाएको क्याम्पस प्रमुख लालमणि आचार्यले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख आचार्यले भन्नुभयो, “फाइल अनुमादोनका लागि भारतको नयाँ दिल्ली पठाइएको जानकारी पाएका छौँ, त्यहाँबाट स्वीकृत प्राप्त भएपछि निर्माण कार्य अघि बढ्छ ।” क्याम्पस प्रमुख आचार्यका अनुसार दूतावासले उपलब्ध गराउने रकमबाट नयाँ भवन बनाउन वा हाल जीर्ण रहेको भवनलाई नै अघि बढाउन सकिने गरी दुवै प्रस्ताव दूतावासबाट भएको छ । क्याम्पसले दूतावासबाट प्राप्त सहयोगमा सङ्घ, प्रदेश र स्थानीय सरकारको थप सहयोगमा नयाँ भवन बनाउने तयारी गर्दैछ ।

भारतीय दूतावासको सहयोगमा निर्माण भएको संरचना हाल जीर्ण छ । छात्रावास पुरानो संरचना काम नलाग्ने अवस्थामा पुगेको छ ।

क्याम्पसको डिग्री भवन र महिला छात्रावास निर्माणका लागि भारतीय दूतावाससँग सन् २००६ जुन २१ मा सम्झौता भई भ्याट बाहेक दुई करोड २४ लाख रुपियाँको लागत अनुमान तयार भएकोमा गोर्खा–बडिमालिका जेभी कम्पनीले एक करोड ९६ लाखमा ठेक्का पाएको थियो । सम्झौता अनुसार ३० प्रतिशत मात्रै काम भएपछि ठेक्का सम्झौता तोडेर २०६८ फागुन २९ मा नर्सिङ– कालापानी जेभीले एक करोड ४० लाख रुपियाँमा भ्याट, कन्टेन्जेन्सीबाहेक ठेक्का पाएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ।

डिग्री भवन अलपत्र रहेकोमा उप–महानगरपालिकाबाट लगानी गरेर पूर्णता दिइएको छ । भारतीय दूतावासले २०१६ मे २ सम्म एक करोड ६२ लाख ६४ हजार ५६२ रुपियाँ उपलब्ध गराएको छ ।

यो पनि पढ्नुहोस्

सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

१ दिन अगाडि
विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न

विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक