आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कराते महासंघले एसियाली खेलकुदका लागि फाइनल टिम छनोट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कराते महासंघले एसियाली खेलकुदका लागि फाइनल टिम छनोट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कराते महासंघले आसन्न १९औं एसियाली खेलकुदका लागि फाइनल टिम छनोट गरेको छ ।

सातदोवाटोस्थित कराते हलमा बुधबार सम्पन्न दुई दिने प्रतियोगितामार्फत कुमुतेतर्फ ३ महिला र ३ पुरुष गरी ६ जना तथा कातातर्फ १–१ जना महिला र पुरुष खेलाडी छनोट गरेको हो ।

राउण्ड रोविन लिग प्रणाली अनुसार सन्चालन गरिएको प्रतियोगितामा महिला ५० केजीमूनि तौलसमूहमा सविना श्रेष्ठ, ६१ केजीमूनि तौलसमूहमा निरुपा तामाङ र ६८ केजीमाथि तौलसमूहमा एरिका गुरुङले एसियाडको अन्तिम सूचीमा स्थान बनाएका छन् ।

पुरुषतर्फ ६७ केजीमूनि र्तालसमूहमा सन्तोष श्रेष्ठ, ७५ केजीमूनि तौलसमूहमा मोहम्मद शेख र ८४ केजीमूनि तौलसमूहमा विप्लव श्रेष्ठले एसियाली खेलकुद खेल्ने भएका छन् । विप्लव चार वर्षअघि नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् ।

त्यस्तै कातातर्फ महिलामा एलिशा रास्तकोटी र पुरुषतर्फ स्वर्णिम मानन्धरले असोजमा हुने एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

कराते महासंघले गत ५–७ फागुनमा आयोजना गरेको प्रारम्भिक छनोटमा १२ तौलसमूहमा स्वर्ण, रजत र कांस्य जित्ने १२९ जनालाई नियमित प्रशिक्षणमा राखेको थियो । तीमध्येबाट नेपालको सहभागिताको सीमितता र क्षमता तथा सम्भावना भएका तौलसमूहका खेलाडीलाई एसियाली खेलकुदका लागि छनोट गरिएको महासंघले जानकारी दिएको छ ।

पहिलो चरणमा करिव ५० दिनको प्रशिक्षणपछि अन्तिम छनोट आयोजना गरिएको हो । सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठलगायतले राष्ट्रिय टिमको प्रशिक्षण गराइरहेका छन् ।

आउने असोज ५–१९ सम्म चीनको होङ्झोउ शहरमा १९औं एसियाली खेलकुद आयोजना हुँदैछ । कोरोना महामारीका कारण १ वर्ष सारिएको प्रतियोगितामा नेपालबाट २९ खेलका २०९ खेलाडी सहभागी गराउने निर्णय राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले गरिसकेको छ ।

तर, अहिलेसम्म एसियाली खेलकुदका लागि विशेष बन्द प्रशिक्षण सुरु हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१७ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

एनपीएलमा आज एक खेल मात्र हुँदै

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक