आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा खेलाडी नपठाउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा खेलाडी  नपठाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ए डिभिजन क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने भएका छन् ।

बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई लिग जारी रहुन्जेल नपठाउने निर्णय गरेको हो ।

६ असारदेखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका लागि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३० खेलाडीको प्रारम्भिक टिम घोषणा गरे पनि प्रशिक्षण सुरु गर्न सकेका छैनन् । १९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा तीन चरणको खेल बाँकी छ ।

२७ जेठमा लिग सकिएपछि मात्र क्लबले खेलाडी रिलिज गर्ने बताएका हुन् । एन्फाले पूर्वसहमति कार्यान्वयन नगरेका कारण विरोधस्वरुप लिगका बाँकी खेलहरुमा खेलाडी र अफिसियलले कालो पट्टी बाँधेर सहभागी हुने निर्णय क्लबको बैठकले गरेको छ ।

‘पटक पटक ताकेता गर्दा पनि तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी र म्यान अफ द म्याचबापतको रकम उपलब्ध नगराइएका कारण जेठ १९ गतेदेखि रकम उपलब्ध नहुन्जेल क्लबका पदाधिकारी र खेलाडीले हातमा कालोपट्टी बाँधेर खेल निरन्तर गर्ने निर्णय भयो’, १० ए डिभिजन क्लबले संयुक्त रुपमा हस्ताक्षर गरेको निर्णयमा भनिएको छ ।

यो बैठकमा जावलाखेल युथ क्लब र तीन विभागीय टिमहरु (आर्मी, एपीएफ र नेपाल पुलिस)का प्रतिनिधि सहभागी थिएनन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२२ घण्टा अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक