आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली कांग्रेस पार्टी नफुटोस्, गल्ति सुधारोस् !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
सत्ता सहयात्री नेपाली कांग्रेसमा अहिले आन्तरिक संघर्ष बढेको छ । विशेषगरी सरकारमा सहभागी हुनका लागि सभापति शेरबहादुर देउवाका विगतका गतिविधि र अहिले सत्तामा टिकिरहन जस्तोसुकै निर्णयहरुमा सहमति जनाइरहेको भन्दै पार्टीकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरुले विरोधका स्वर उरालेका छन् । हालै मात्र टीकापुर घटनाका एक अभियुक्त रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको र कांग्रेसले त्यसमा सहमति जनाएकोमा महामन्त्री थापाले सार्वजनिक रुपमा असन्तुष्टि जनाए । पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा गरे । यद्यपि, थापाको यो विरोध हालको मात्र होइन । यसअघि पनि उनले ‘अब अत्ति भयो’ भन्दै सामाजिक सञ्जालमा नै स्टाटस राखेका थिए ।
कांग्रेसमा संस्थापनको विरोध गर्दै आएका थापाले यसअघि पार्टीभित्रको बहुमतले गरेको निर्णयलाई फरक मत राख्दै माने पनि अब नमान्ने जनाएका छन् । कांग्रेसको अहिलेको इमेज सबै थोक सत्ता भन्ने भाष्य बनेको र त्यसका लागि चुनावमा फरक विचार बोक्ने दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा गएर गल्ती गरेको उनको टिप्पणी छ । त्यसैले यसअघिका गल्तीमा जनतासँग माफी माग्नुपर्ने उनको भनाइ छ । थापालगायतको विरोधका कारण कांग्रेसमा नैतिकताको प्रश्न खडा मात्र गरेको छैन, कांग्रेस भविष्य संकटमा रहेको पनि स्पष्ट पारेको छ ।
नेपाली राजनीतिक इतिहासमा पुरानो र विभिन्न विरासत बोकेको कांग्रेस पछिल्लो समय भने कमजोर बन्दै गएको छ । कांग्रेसमा पुस्तान्तरको समस्याका कारण युवा नेतामा निराशा बढ्दै गएको छ । अर्कोतर्फ कांग्रेसले माओवादीलगायत आफ्नो विचारधारा नै नमिल्ने कम्युनिस्ट दलहरुसँग चुनावी सहकार्य गर्दै आएको छ, जसलाई जनताले अनुमोदन गर्न अस्वीकार गरेका छन् । यस्तै, विभिन्न भ्रष्टाचार काण्डका कारण पनि यो दलका नेताहरु विवादित हुँदै आएका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण नै प्रहरी हिरासतमा छन् । यसले कांग्रेसप्रतिको वितृष्णा जनतामा मात्र होइन, कार्यकर्ता तहमा नै बढ्दै गएको छ । पछिल्लो समय कांग्रेसबाट अन्य वैकल्पिक पार्टी प्रवेश गर्नेको लर्को नै लागेको छ, जुन कांग्रेसका लागि नै चिन्ताको विषय पनि हो । महामन्त्री थापाले पनि चुनावमा कम्युनिस्ट दलसँग गरिने अस्वाभाविक गठबन्धनका लागि जनतासँग मार्फी माग्नुपर्ने र यस्तो गठबन्धन अब कहिल्यै गर्न नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस पार्टीले गरेको गल्तीलाई स्वीकार्दै आम जनतासँग माफी माग्दै, आम पार्टीका सदस्यसँग माफी माग्दै कांग्रेसले जतिपटक चुनाव हारे पनि चुनावअघि गठबन्धन नगर्ने वाचा गर्नुपर्ने उनको भनाइ छ ।
त्यतिमात्र नभई कांग्रेसले विगतमा भएका भ्रष्टाचारका काण्डहरुलाई पनि छानबिनमा सघाउनुपर्ने, जनताकेन्द्रित मुद्दा तथा योजनामा ध्यान दिनुपर्ने आवश्यकता छ । पार्टीमा लादिएको परिवारवाद, नातावाद, कृपावादलाई अन्त्य गर्दै लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्न जरुरी छ । यति कांग्रेस त्यसरी नसुध्रिएमा पार्टीको एउटा ठूलो समूह पार्टी विभाजनमा नै लाग्ने जोखिम देखिन्छ । विगतमा आफैले असन्तुष्टि जनाएर कांग्रेसको विभाजन गरेका देउवाले फेरि आफ्नै सभापतित्वकालमा अर्को विभाजन देख्ने जोखिम बढेको छ । त्यो गल्ती दोहोरिन नदिन कांग्रेसले आफ्ना गल्तीलाई सुधार्न जरुरी छ , आगे कांग्रेसजनलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

२ घण्टा अगाडि
फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक