आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाले कस्ताे प्रतिक्रिया दियाे नक्कली भुटानी शरणार्थी प्रकरण बारेमा ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेरिकाले कस्ताे प्रतिक्रिया दियाे नक्कली भुटानी शरणार्थी प्रकरण बारेमा ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लागिएको भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकाले प्रतिक्रिया दिएको छ ।

बीबीसी नेपाली सेवाले नेपालमा रहेको अमेरिकी दुतावसका एक अधिकारीले सो विषयमा प्रतिक्रिया दिएको समाचार उल्लेख गरेको छ ।

‘कुनै पनि भ्रष्टाचारको आरोपजस्तै अहिले नेपालमा चर्चामा आएको शरणार्थीसम्बन्धी दस्तावेजमा अवैध अनियमितता एवं भ्रष्टाचारका आरोपहरू चिन्ताजनक छन्’ भनेर दूतावासकी प्रवक्ता एना रिचे–एलनले प्रतिक्रिया दिएको संजल ढकालले बीबीसीमा लेखेको समाचारमा उल्लेख गरिएको छ ।

यस्तो छ बीबीसी नेपाली सेवाले लेखेको समाचारः

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक्रिया दिँदै संयुक्त राज्य अमेरिकाले ूनेपालमा यसबारे भइरहेका अनुसन्धानबाट वास्तविकता चाँडो निर्क्योल हुनेू आशा व्यक्त गरेको छ।

नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने वाचा गर्दै कैयौँ मानिसहरूसँग करोडौँ रुपैयाँ असुलेको आरोपमा नेपाल सरकारले भूतपूर्व उपप्रधानमन्त्री र भूतपूर्व गृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको छ।

मुद्दा चलेको झन्डै एक सातापश्चात् काठमाण्डूस्थित अमेरिकी राजदूतावासकी एक अधिकारीले ती आरोपहरू चिन्ताजनक भएको प्रतिक्रिया बीबीसी न्यूज नेपालीलाई दिएकी छन्।

“कुनै पनि भ्रष्टाचारको आरोपजस्तै अहिले नेपालमा चर्चामा आएको शरणार्थीसम्बन्धी दस्तावेजमा अवैध अनियमितता एवं भ्रष्टाचारका आरोपहरू चिन्ताजनक छन्,” दूतावासकी प्रवक्ता एना रिचे(एलनले भनिन्।

ूनेपाली अधिकारीहरूले ती आरोपको अनुसन्धान गरिरहेको हामीले बुझेका छौँ र हामी आशा गर्छौँ उनीहरूले कानुनबमोजिम अनि पारदर्शिता तथा जबाफदेहीप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरूप वास्तविकता चाँडै निर्क्योल गर्ने छन्, दोषीहरूलाई जबाफदेह बनाउने छन्, अनि भविष्यमा भ्रष्टाचारका मामिला निरुत्साहित गर्ने छन्।”

दूतावासले दिएको प्रतिक्रियामा संयुक्त राज्य अमेरिकाले भ्रष्टाचार निर्मूल पार्ने नेपाल सरकार तथा नागरिक समाजका प्रयासलाई निरन्तर समर्थन गर्दै आएको उल्लेख छ।

“भ्रष्टाचारका आरोपहरूमा गरिने पारदर्शी अनुसन्धानले नेपाली जनतालाई कानुनभन्दा माथि कोही छैन भन्ने देखाउने छ। कानुनबमोजिम सत्य उद्घाटित गर्ने नेपाल सरकारको कदमहरूको हामी प्रशंसा गर्छौँ।”

अमेरिकाले सन् २००७ र २०१६ का बीच नेपालमा बसोबास गरिरहेका दशौँ हजार भुटानी शरणार्थीलाई एक पुनर्वास कार्यक्रम अन्तर्गत आफ्नो देश लगेको थियो।

ूउक्त कार्यक्रम अहिले सम्पन्न भइसकेको छ र उक्त पुनर्वास कार्यक्रममा कुनै धोखाधडीपूर्ण गतिविधि भएका भनेर कुनै उल्लेखनीय चिन्ता व्यक्त भएको थिएन।”

दूतावासले नेपालमा हालको भ्रष्टाचारसम्बन्धी आरोप एवं शरणार्थी दस्तावेजमा अवैध चलखेलको विषय पारदर्शिता र जबाफदेहीमा प्रतिबद्ध नेपालजस्तो एउटा सार्वभौम लोकतान्त्रिक देशको सरकारले अनुसन्धान गर्ने मामिला भएको पनि बताएको छ।

“संयुक्त राज्य अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ र त्यसैअनुरूप मामिलाहरूको समीक्षा तथा अनुसन्धान गर्छ।”

राष्ट्रसङ्घले के भनेको थियोरु
यसअघि नेपालमा नक्कली शरणार्थीको प्रकरण प्रकट भएपश्चात् बीबीसी न्यूज नेपालीलाई प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चायोग ९यूएनएचसीआर०ले पनि त्यसप्रति गहिरो चिन्ता प्रकट गरेको थियो।

यूएनएचसीआरको नेपालस्थित कार्यालयले ूनेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएकोू विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको जनाएको थियो।

उसले यस मामिलामा नेपाल सरकारको अनुसन्धानको स्वागत पनि गरेको थियो।

यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठवटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो।

तीमध्ये झन्डै एक लाख शरणार्थीलाई संयुक्त राज्य अमेरिकाले स्वीकारेको थियो।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१५ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१६ घण्टा अगाडि

“नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको छ र त्यो फेरि सञ्चालन हुने छैन।”

यूएनएचसीआरले शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको विषयलाई आफूले निरन्तर प्रस्तुत गर्दै आएको पनि जनाएको थियो।

शरणार्थी समस्याको आरम्भ कसरीरु
सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो।

स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, द नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ।

नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी(शनिश्चरे शिविरमा छन्।

तर अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे निर्क्योल हुने क्रममा नीतिगत रूपमै भ्रष्टाचार गरेर नक्कली शरणार्थीहरूको नामावली तयार पारेका र पैसा उठाइएका भन्ने विषयमा प्रहरीले गरेको अनुसन्धानमा आधारित भएर सरकारले मुद्दा चलाएको छ।

मुद्दा चलाइएका अभियुक्त को हुन्रु
जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ।

उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग लगाइएको छ।

काठमाण्डू जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा अभियुक्तहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी पनि गरिएको छ।

उक्त प्रकरणमा संलग्नताको आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना प्रहरी हिरासतमा छन्।

पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको जनाएको छ।

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म के भयोरु
१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठस् प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठस् भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाखस् सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाखस् पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाखस् पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाखस् पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाखस् उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाखस् रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाखस् पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैतस् नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक