शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

`अखण्ड भारत´ के हो ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनैसमेत आयात गर्नुपर्ने अवस्थाले देश गरिब बन्योः वामदेव गौतम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-वामदेव गौतम

`अखण्ड भारत´ के हो ? यस बिषयमा बहस सुरु भएको छ । कतिपय मेरा निकटस्थ बिद्वान मित्रहरुसमेत `अखण्ड भारत´बारे सामाजिक सञ्जालमै बहसमा उत्रिनु भएको छ, तर भ्रम पालेर ! यस बिषयमा केही अस्पष्टता महशुस भएकाले मलाई `अखण्ड भारत´बारे जानकारी भएसम्मका वास्तविकता यहाँ प्रस्तुत गर्न आवश्यक महशुस भयो । यथार्थमा `अखण्ड भारत´ संसारमा किम्वदन्ती हो, मिथक हो ।

दन्त्यकथामा वाहेक वास्तविकतामा `अखण्ड भारत´ कहिल्यै थिएन। आजको भारत यथार्थ हो। यसको जन्म सन् १९४९ मा भारतको संविधानसंगै भएको हो। अहिले `अखण्ड भारत´ जन्माउन खोजिंदै छ।यो दुस्वप्न मात्र हो ! ब्रिटिश दासताको प्रभाव हो । सम्राट अशोकले मगध राज्य विस्तार गरेका थिए। त्यसरी जितेका राज्यहरु केही कालमै अधिकांश स्वतन्त्र भएका थिए।

महाभारत कथामा उल्लेखित सकुन्तला पुत्र भरतले राज गरेको क्षेत्र हस्तिनापुर हो , जुन १५/१६ गाउँमा फैलिएको थियो। त्यसलाई नै कथामा राजाको महानता देखाउन कहिलेकाहिं भारत उल्लेख गरिएको छ। महाभारत कथा संसारकै अद्वितीय र महान रचना हो। महाभारत कथा महा काव्य हो, र यो मानव जातिकै अमूल्य नीधि पनि हो। तर यसलाई आजका भारतीय शासकहरुले दूरुपयोग गरेर नेपालको कपिलवस्तु र लुम्विनी भूमि आफ्नो नक्सामा समावेश गरी बिस्तारबादी महत्वाकांक्षा देखाएका छन् ।लुम्बिनी र कपिलवस्तु भूमि भारत देश नामांकरण नहुँदै ब्रिटिश शासनकालमै पनि नेपाली भूभाग रहँदै आएका तथ्यहरु छन् । यसबाट स्पष्ट हुन्छ कि भारतीय शासकहरु छिमेकी देशहरुमाथि साम्राज्य खडा गर्न खोज्दै छन्। यो राजनीतिक नभएर सांस्कृतिक विषय रहेछ भनेर कतिपय नेपाली यसमा पनि मख्ख परेका छन्। वुझ्नु पर्ने विषय के हो भने भौगोलिक साम्राज्य भन्दा सांस्कृतिक साम्राज्य धेरै खतरनाक हुन्छ। भारतीय शासकहरुको यस्तो सोच बिस्तारवादी र साम्राज्यवादी चिन्तन हो। यस्तै विचार दोश्रो विश्वयुद्ध कालमा हिटलरले राख्दथे ।

उनी भन्ने गर्थे – `मानवजातिमा `आर्य´ सर्वश्रेष्ठ जाती हो।मैले आर्यजातिले विकास गरेको श्रेष्ठ संस्कृतिलाई संसारभरी फैलाउन चाहेको छु।´ आजका भारतीय शासकहरुको बिचार ठ्याक्कै हिटलरको त्यो चिन्तनबाट प्रभावित देखिएको छ, कस्तो मिल्दो जुल्दो विचार ! होइन त ? मेरा मित्रले व्यक्त गर्नु भएको कुण्ठाविहिन विचारले `मानव सभ्यता विकासमा योगदान गर्न नेपाल पनि अखण्ड भारतमा गाभिनु ऐतिहासिक कर्तव्य हुनेछ।´ यो विचार गलत छ, हानिकारक छ र मानव विकास सिद्धान्त विपरित छ । -वामदेव गौत, १८ जेठ, २०८०

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

३५ मिनेट अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक