काठमाडौं । नेपालकाे स्वाभिमान आच आउने गरी अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा प्रदर्शन गरेकाे छ ।
नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हो ।
माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरुले अखण्ड भारतको नक्सा समेत जलाएका छन् ।


