महेश्वर दाहाल
नेपाली जनपत्रकारिताको एउटै र हाम्रो प्यारो संगठन प्रेस सेण्टर, नेपाल १९ वर्षे जवान भएको छ । यो वैचारिक तथा संगठनात्मक रुपमा सुदृढ हुँदै गएको छ । नयाँ विचारसहित समाज न्यायिक संचारकर्ममा र आमपत्रकारिता नेतृत्वमा यसले निर्णायक उपस्थिति जनाएको छ ।
क्रान्तिकारी पत्रकार संघबाट विकसित हुँदै आजको प्रेस संगठन जसरी देशव्यापी संगठनात्मक संरचनाको ढाँचासहित उभिएको छ, सुरुमा यस्तो बनाउने हाम्रो योजना होइन, थिएन । जनयुद्धको भीषण संघर्षमा त्यस पक्षबाट प्रचार अभियानलाई केन्द्रीकृत, व्यवस्थित र सुदृढ बनाउने अवधारणाका साथ यो बनेको हो ।
त्यतिवेला जनादेश साप्ताहिकमा विभिन्न कमाण्डमा रहेका नेतृत्व तह, भर्खरै सुरु भएको जनगणतन्त्र रेडियोको नेतृत्व तह, प्रवासमा कार्यरत साथीहरू तथा केही जातीय, लिङ्गीय र भेगीय सन्तुलन मिलाएर यो बनेको थियो । यसो गर्दा पहिले नै स्थापित भइसक्नुभएका पत्रकारहरु पनि यसमा छुट्नुभएको थियो । पत्रिका, रेडियो र अनलाइनलाई जोड्ने एकप्रकारको तत्कालका लागि अत्यावश्यक संयन्त्र थियो यो ।
माओवाद, विचारधारा मान्ने पत्रकारहरुको एउटा संगठनको आवश्यकता महसुस गरेर यो संगठन स्थापना हुनु केही वर्ष अगाडि नै वरिष्ठ पत्रकार शक्ति लम्सालको नेतृत्वमा जनपक्षीय पत्रकार संघ निर्माण भएको थियो । जनयुद्धको विकाससँगै त्यो संगठन अगाडि बढ्न सकेन । अन्ततः त्यो विघटन नै भयो । र, हामी नयाँ स्वरुपबाट संगठित हुनु जरुरी भयो ।
शान्ति प्रक्रियामा आएसँगै हामीले प्रेस सेण्टरलाई पत्रकारको संगठनात्मक ढाँचामा लगेका हौं । यसले छोटै अवधिमा वैकल्पिक प्रचार अभियानका साथै पत्रकारिताका वाहिरी मोर्चामा नेतृत्वकारी भूमिका खेल्न सफल भयो । श्रमजीवी पत्रकार हितमा नीतिगत सुधार र आन्दोलनका क्षेत्रमा, स्वरोजगारमुलक मिडियाका क्षेत्रमा यसले खेलेको भूमिका महत्वपूर्ण छ । नेतृत्वकारी छ ।
आज हाम्रा आदर्श कृष्ण सेनको २१ औं स्मृति दिवस पनि हो । क्रान्तिकारी पत्रकारिताको हाम्रो वैचारिक र सांगठनिक आधारस्तम्भ सेन नै हुनुहुन्छ । जनयुद्धको अजेय नायकको अग्रपङ्क्तिमा ‘इच्छुक’को नाम अतुलनीय आदर र उच्च सम्मानका साथ लिइन्छ । विचार र निष्ठा तथा वर्ग पक्षधरताका पक्षमा कृष्ण सेनले जुन अदम्य साहसका साथ बलिदान दिनुभयो, यसको चर्चा युगयुगसम्म चलिरहने छ ।
एउटा योद्धा, जसले निष्ठापूर्ण जीवन बाँच्यो र गौरवपूर्ण बलिबेदीमा आफूलाई इमान्दारीपूर्वक समर्पण गर्यो , कथनीलाई इमान्दारीपूर्वक व्यवहारमा पनि प्रमाणित गर्न सक्यो, तुच्छ स्वार्थलाई सचेत प्रयत्नबाट सर्वथा त्याज्य ठान्यो र तमाम चुनौतीलाई आदर्शको शृङ्खला खडा गर्दै ललका¥यो, उही अजम्बरी योद्धा कृष्ण सेन ‘इच्छुक’को स्मरण हामी जनपक्षीय पत्रकारका लागि एक औपचारिकता मात्र होइन ।
इच्छुकको शहादतमा सिङ्गो देश रोएको थियो । सहपाठी र सहवर्ग स्तव्ध थियो । यसै सन्दर्भमा भारतीय पत्रकार, साहित्यकार र बुद्धिजीवीसँग जनादेशको प्रकाशनका लागि अन्तरक्रिया र अभिमत लिदै गर्दा राम कार्कीसहित मलाई दिल्लीमा गिरफ्तार गरी नेपालमा सुपुर्दगी गरियो । प्रहरीले बयानका क्रममा कृष्ण सेनजस्तै झुट्टा मुठभेडका नाममा सिध्याइदिने धम्की बारम्बार दिइरहन्थे । तर, आफूले आदर्श मानेको अग्रज सेनको हत्याको असैह्य पीडालाई ऊर्जामा रुपान्तरण गर्दै तमाम यातनाको सामना गरियो ।
के समय, परिस्थिति र परिवेश बदलिएको भनेर हामी कृष्ण सेनहरुका आदर्शलाई भुल्न सक्छौं ? के हामीले सेनहरुसँगै हिजो गरेको सङ्कल्पलाई चटक्क भुल्न सक्छौं ? यी प्रश्नको उत्तर खोज्न अब ढिला गर्नुहुन्न । हामीले सेन र उहाँ जस्तै समाजका लागि वलिदान दिएकाहरुको सपना पूरा गर्न यो विशेष दिनमा फेरि नयाँ अठोट र संकल्प गर्नैपर्छ । विकसित प्रविधिलाई जोडेर नयाँ विचारको बलमा जनपत्रकारिता, ‘प्रो पिपुल जर्नालिज्म’ लाई सशक्त बनाएर उत्पीडित वर्गको मुक्ति अभियानमा सहभागी हुनैपर्छ ।
कुनै मान्छे गुमाउनुको पीडा उसैले मात्र महसुस गर्न सक्छ, जसले आफन्त गुमाएको हुन्छ । ‘इच्छुक’ को शहादत त्यस्तै बन्यो, जुन शहादतमा हामी सबैले आफन्त र अभिभावक गुमाएको महसुस ग¥यौं । मृत्यु त जीवनको शाश्वत सत्य नै हो । ढिलो वा चाँडो मृत्युको सामना सबैले गर्नैपर्छ । तर, जीवनलाई आदर्शमय रुपमा जिउने र मृत्युलाई पनि आदर्शमय बनाउने संसारकै एक उत्कृष्ट व्यक्तित्व इच्छुकप्रति सादर नमन व्यक्त गर्दछु ।
महान् मानवहरूले मात्र जीवनलाई मात्र होइन, मृत्युलाई पनि अमर बनाउन सक्छन् । आफ्नो वर्ग र अनुयायीलाई मात्र होइन, आफ्ना समकालीन र सन्ततीका अन्तस्करणमा पनि फराकिलो र गहिरो स्थान बनाएर युगौंयुग रहिरहन्छन् । कृष्ण सेन त्यस्तै पात्र हुनुहुन्थ्यो, जो जिउँदो छँदा मात्रै होइन शहादतपछि पनि हाम्रो मनमा अमर बन्नुभएको छ ।
पत्यार नलागी नलागी, आँशु बहाउँदै सेनजीलाई अलविदा भनेको पनि २१ वर्ष भइसकेछ ।
व्यक्तिगत रुपमा भन्दा कृष्ण सेन मेरो सन्दर्भमा दुईवटा भूमिकामा हुनुहुन्थ्यो । एउटा नेता र दोस्रो अभिभावक । कृष्ण सेन मेरो आमाले नजन्माएको मेरो दाजु हुनुहुन्थ्यो भन्न मलाई कुनै शङ्कोच हुँदैन । मेरा बा निरंकुश पञ्चायती शासकको लामो जेल जीवनबाट भर्खरै छुट्नुभएको थियो । कृष्ण सेन पनि निकै लामो जेल जीवन गुजारेर काठमाडौंमा विद्यार्थी संगठनको नेतृत्वमा हुनुहुन्थ्यो ।
सिन्धुली घरबाट काठमाडौं क्याम्पस पढ्न आउँदा हिंड्ने बेलामा मेरा बाले सेनलाई सम्बोधन गरेर पत्र लेखिदिनु भएको थियो । त्यतिखेर अहिले जस्तो सञ्चार सुविधा थिएन । काठमाडौं आएको केही महिनापछि मात्रै सेनसँग मेरो भेट भयो । जुन दिन मैले उहाँलाई काठमाडौंमा भेटें, मैले पारिवारिक आत्मीयता पाएँ ।
विद्यार्थी आन्दोलनमा संगठित भएसँगै उहाँको नेतृत्वमा आन्दोलनमा सहभागी भएँ । निरंकुश पञ्चायतको आखिरी समयमा विद्यार्थी आन्दोलनका क्रममा हामीसँगै गिरफ्तार भयौं । हिरासत र जेलमा झण्डै १० महिनाजति सँगै बस्यौ । सानै उमेरमा जेलमा बस्दा पनि उहाँको आदर्श नेतृत्व र अभिभावकत्वले मलाई आन्दोलनमा लागिरहन र कठिनाइको सामना गरिरहन उत्प्रेरणा जगायो । वर्गपक्षधरता र आन्दोलनमा लाग्न मार्गदर्शन गर्यो ।
जेलबाट छुटेपछि केही समय वरिष्ठ पत्रकार शक्ति लम्सालको सम्पादकत्वमा चल्ने योजना साप्ताहिकमा हामी सँगै जोडियौं ।
२०४६ सालको आन्दोलनसँगै राजनीतिक परिवेश बदलियो । स्वाभाविक ढङ्गले राजनीतिक, सामाजिक अन्तरविरोध बदलियो । क्रान्तिकारी पार्टीहरूबीच ध्रुवीकरण, जनमोर्चामार्फत चुनावको उपयोग, संसदको उपयोगको नीति अख्तियार भयो । यो स्थितिमा क्रान्तिकारी विचारलाई संस्थागत र संगठित रुपमा अघि बढाउनका लागि एउटा कोष बनाउने कि भन्ने प्रस्ताव सेनको थियो । उहाँ विश्वका महान् साहित्यकार लु सुनसँग बढी प्रभावित हुनुहुन्थ्यो । पदलाई भन्दा विचार, निष्ठा र संघर्षलाई प्राथमिकता दिनुहुन्थ्यो ।
यतिबेला भने समय र परिस्थिति अलि फरक छ । सांगठनिक रुपमा हामी व्यापक छौं । सञ्चार र प्रविधिको विकासले हामी फरक परिवेशमा छौं । तर, त्यतिबेलालाई सम्झँदा एउटा प्रश्न जबर्जस्त उठ्छ– के समय, परिस्थिति र परिवेश बदलिएको भनेर हामी कृष्ण सेनहरुका आदर्शलाई भुल्न सक्छौं ? के हामीले सेनहरुसँगै हिजो गरेको सङ्कल्पलाई चटक्क भुल्न सक्छौं ? यी प्रश्नको उत्तर खोज्न अब ढिला गर्नुहुन्न । हामीले सेन र उहाँ जस्तै समाजका लागि वलिदान दिएकाहरुको सपना पूरा गर्न यो विशेष दिनमा फेरि नयाँ अठोट र संकल्प गर्नैपर्छ । विकसित प्रविधिलाई जोडेर नयाँ विचारको बलमा जनपत्रकारिता, ‘प्रो पिपुल जर्नालिज्म’ लाई सशक्त बनाएर उत्पीडित वर्गको मुक्ति अभियानमा सहभागी हुनैपर्छ ।
२०४८/४९ सालतिर नेपालीको आकर्षक विदेश गन्तव्य जर्मनी पनि थियो । मलाई पनि अध्ययन र कामका लागि केही वर्ष जर्मनी जान उहाँले प्रस्ताव गर्नुभयो । यसबारे तत्कालीन सांसद कृष्ण बहादुर महरा, सूर्यप्रकाश सुवेदी ‘पथिक’, ईश्वरचन्द्र ज्ञवाली लगायतसँग उहाँले कुरा पनि गर्नुभएछ । सबैले सकारात्मक जवाफ दिएको उहाँ बताउनु हुन्थ्यो ।
उहाँले दुईवटा कोणबाट यस्तो सोच्नु भएको रहेछ । एउटा, मेरा पिता ३० को दशकदेखि घर छाडेर भूमिगत रुपमा कम्युनिस्ट आन्दोलनमा हिंडेकाले घरको आर्थिक अवस्था कमजोर थियो । काठमाडौंमा हाम्रो घर त थियो तर जिउने चुनौती धेरै ठूलो थियो । हाम्रो घरको आर्थिक व्यवस्थापनमा सहयोग पुगोस भन्ने । दोस्रो, केही साथी मिलेर निर्माण गरिने कोषमार्फत् वैचारिक, साहित्यिक लेखन र प्रचार गर्ने । यसका लागि केही कोष जम्मा गर्न सहयोग पनि पुगोस भन्ने उहाँको चाहना थियो ।
उहाँको चिन्तालाई सम्मान गर्दै मैले त्यो प्रस्ताव मेरो आदर्श अनुरुप नभएको भनी अस्वीकार गरें । देशभित्र हुने आन्दोलनबाट म वाहिर जान्न र तपाईंसँगै जोडिएर समस्याहरूको समाधान गर्छु भन्ने प्रतिबद्धता जाहेर गरें । पछि उहाँ ‘कन्भिन्स’ हुनुभयो ।
विद्यार्थीको नेतृत्व छाडिसकेको अवस्था, २०४६ पछिको राजनीतिक परिवेश बदलिएपछि क्रान्तिकारी पार्टीहरुको एकीकरणसँगै पार्टी निकट पत्रिका जनादेश साप्ताहिकको सम्पादकीय नेतृत्व गर्न सेनलाई पठाउने निर्णय पार्टीले ग¥यो । तर, तत्कालीन इञ्चार्ज बाबुराम भट्टराईले तत्काल अर्कै साथीलाई अगाडि सार्नुभयो ।
यसरी पार्टीको निर्णयलाई भट्टराईले तत्कालै आफूखुशी, एकल निर्णय गरी उल्ट्याएपछि पार्टी पद्दति र कृष्ण सेनको अपमान भएको भन्दै म पत्रिकामा काम नगर्ने निश्कर्षमा पुगें । सेनलाई गरेको अपमानले मलाई पोल्यो । उहाँले मलाई सम्झाएर काममा फर्काउनु भयो । इमान्दारितापूर्वक काम गरेर उहाँले सबैको मन जित्नुभयो । केही समयपछि बाबुरामले अगाडि सारेका पात्रकै प्रस्तावमा सेन पत्रिकाको सम्पादक बन्नुभयो ।
मैले अघि पनि उल्लेख गरें– सेन मेरो नेतृत्वमात्र होइन, मेरो आमाले नजन्माएको तर सहोदर दाइको भूमिकामा हुनुहुन्थ्यो । हुन त सबैका आँखामा नबिझाउने उहाँको स्वभाव नै हो । उहाँले मेरा दिदीबहिनीको हातबाट तिहारको टीका समेत लगाउनु हुन्थ्यो । वैचारिक र सांगठनिक मात्र होइन, व्यक्तिगत रुपमा पनि मेरो परिवारसँग उहाँको गहिरो पारिवारिक सम्बन्ध थियो । त्यो बेलामा प्रायः पार्टीका नेता तथा कार्यकर्ताको बरियता हुँदैन थियो । व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि सम्बन्ध बन्दैनथ्यो । त्याग र बलिदानका लागि प्रतिस्पर्धा हुन्थ्यो । पद र सुविधाका लागि प्रतिस्पर्धा हुँदैन थियो ।
यतिबेला भने समय र परिस्थिति अलि फरक छ । सांगठनिक रुपमा हामी व्यापक छौं । सञ्चार र प्रविधिको विकासले हामी फरक परिवेशमा छौं । तर, त्यतिबेलालाई सम्झँदा एउटा प्रश्न जबर्जस्त उठ्छ– के समय, परिस्थिति र परिवेश बदलिएको भनेर हामी कृष्ण सेनहरुका आदर्शलाई भुल्न सक्छौं ? के हामीले सेनहरुसँगै हिजो गरेको सङ्कल्पलाई चटक्क भुल्न सक्छौं ? यी प्रश्नको उत्तर खोज्न अब ढिला गर्नुहुन्न । हामीले सेन र उहाँ जस्तै समाजका लागि वलिदान दिएकाहरुको सपना पूरा गर्न यो विशेष दिनमा फेरि नयाँ अठोट र संकल्प गर्नैपर्छ । विकसित प्रविधिलाई जोडेर नयाँ विचारको बलमा जनपत्रकारिता, ‘प्रो पिपुल जर्नालिज्म’ लाई सशक्त बनाएर उत्पीडित वर्गको मुक्ति अभियानमा सहभागी हुनैपर्छ ।
(शनिबार र आइतबार सम्पन्न प्रेस सेन्टर नेपालको १९ओैं वार्षिक साधारणसभा तथा २१ओैं कृष्ण सेन ’इच्छुक’ स्मृति दिवस उद्घाटन सत्रमा व्यक्त मन्तव्यमा आधारित)
महान् शहीद ‘इच्छुक’प्रति हार्दिक श्रद्धासुमन !
झिल्काेबाट


