काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सगरमाथा आरोही हरिबहादुर बुढालाई सम्मान गरेको छ ।
आज (मंगबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुढालाई माओवादी केन्द्रले स्वागत गरेको हो । दुवै खुट्टा गुमाएका बुढाले सगरमाथाको सफल आरोण गरेर विश्व किर्तिमान कायम गरेका थिए । उनको सम्मानमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।
हरिबहादुरले आफूले पढाएको विद्यालयमै पढेको स्मरण गर्दै महराले आगामी दिनमा उनलाई चाहिने सहयोगका लागि आफू तयार रहेको बताए । बुढालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) ले समेत सम्मान गरिसकेको छ


