सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

माओवादी सांसदले बकवास आरोप लगायाे : केपी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकबास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको मर्यादाविपरीत आफूविरुद्ध आरोप लगाएको भन्दै आक्रोश पोखेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी सांसदले बकवास आरोप लगाएको बताए।

उनले जँड्याहाले पनि त्यस्तो कुरा नबोल्ने भन्दै आरोप पुष्टि गर्न चेतावनी दिए। ‘आज संसद अरुवद्ध भयो। हुन पनि पर्छ। माओवादी सांसदले रोस्टममा बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो ? भनेर आरोप लगाउनुभयो। पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रस्टाचार गर्‍यो भनेर बोल्यो। यस्तो बकवास आरोप। एउटा जँड्यहाले रक्सीको तालमा हिँड्दा पनि त्यस्तो कुरा बोल्दैन,’ उनले भने।

उनले माओवादी सांसदको आरोप आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालको रहेको प्रस्ट पारे। ‘संसदजस्तो गरिमामय ठाउँमा त्यस्तो बकवास। दुई अर्ब औषधिको खायो रे। त्यसको पुष्टि हुन पर्‍यो त। पुष्टि हुने सम्भावना त छैन,’ उनले थपे।

उनले आफू जिन्दगीभरि भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको बताए। यस्ता आरोप लगाउनेहरू देशद्रोही भएको उनको भनाइ छ। ‘यो त इमानका शत्रुहरूले गर्ने कुरा हो। देशद्रोही तत्वहरूले यो देशमा कोही पनि इमान्दार छैन भनेर स्थापित गर्न खोजेको हो। देशप्रति वितृष्णा जगाउने यो देशद्रोही काम हो,’ उनले भने।

उनले आफूले पशुपतिलाई रकम निकासा गरेको र सुन हो कि पित्तल भनेर हेर्न नगएको प्रस्ट्याए। ‘मैले त पशुपतिलाई रकम दिने हो। पशुपतिमा रकम दिएपछि सुन हो कि पित्तलको हो मैले ट्वाक ट्वाक पार्न गएको थिएँ त्यहाँ?,’ उनले प्रश्न गरे।

अध्यक्ष ओलीले सेना बसेर ती चिजको निर्माण गरेको भन्दै माओवादी सांसदलाई अनुत्तरदायीमात्र होइन, गैरजिम्मेवारको हद भएको बताए। ुयस्ता यस्ता मान्छे संसदमा पुगेका छन् नि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने। दुःखको कुरा हो, डेमोक्रेसीमा जस्तो समाज हुनपर्ने हो त्यस्तो छैन,’ उनले भने।

उनले सरकारको भूमिका एमालेविरोधी भएको बताए। ‘सरकार देशको पक्षमा कुनै काम गरेको छैन। एमालेको विरुद्धमात्र गरेको छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

४ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक