बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिफा र एएफसीका प्रतिनिधि नेपाल आयाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
फिफा र एएफसीका प्रतिनिधि नेपाल आयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पछिल्लो अवस्था बुझ्न फिफा र एएफसीका प्रतिनिधि नेपाल आएका छन् । फिफाका साउथ एसियन डेभलोपमेन्ट म्यानेजर प्रिन्स रिफुस र एएफसीका सिनयर म्यानेजर सोनाम जिग्मी सहितको टोली नेपाल आएको हो । एन्फाको पछिल्लो वित्तिय र व्यवस्थापकीय कार्यसम्पादनको अवस्थाबारे रिफुस नेतृत्वको टोलीले रिपोर्टिङ लिनेछ ।

वित्तिय र व्यवस्थापकीय हिसाबले पछिल्लो समय खराब अवस्थाबाट गुज्रिरहेको एन्फामा फिफा प्रतिनिधिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । वित्तिय अवस्थाको कारण देखाउँदै एन्फाले पछिल्लो समय एएफसीको कार्यक्रममा नेपालको प्रतिनिधित्व बन्द गरेको छ भने एन्फा नेतृत्वले महिला फुटबल, बी र सी डिभिजन लिग सहित उमेर समुह लगायतका अन्य कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकेन ।

लिग व्यवस्थित नभएको, बिल पेश गरेअनुसार क्लबको रकम निकासा नभएको, पदाधिकारीको तलब बढाएको, खेलाडीको पुरस्कार दिन नसकेको, संस्थागत निर्णय हुन छाडेको, नेतृत्व पारदर्शी हुन नसकेको लगायतको व्यवहोराको पत्र-रिपोर्टिङ नेपालबाट फिफा र एएफसीमा पुग्ने गरेको छ । सोही अनुसार एन्फाको वित्तिय र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिन फिफा प्रतिनिधि नेतृत्वको टोली नेपाल आएको बुझिएको छ । टोलीले बिहीबार र शुक्रबार एन्फाका पदाधिकारी र विभाग प्रमुखसँग छलफल गर्ने कार्यसुचि रहेको छ ।

एन्फा प्रवक्ता सुरेस साहले फिफा र एएफसी प्रतिनिधि मण्डलको टोली नेपाल आएको पुष्टि गरे । उनले फिफा प्रतिनिधि सहितको टोलीले एन्फा पदाधिकारी र विभाग प्रमुखसँग रिपोर्टिङ लिएको उल्लेख गरे । ‘एन्फाको वित्तिय अवस्था र यसको व्यवस्थापकीय पक्षबारे पदाधिकारी र विभाग प्रमुखसँग  जानकारी लिने काम भएको छ । एन्फाको व्यवस्थापकीय सुधार र रणनीतिक योजना निर्माणमा फिफा प्रतिनिधिको टोलीले सुझाव दिनेछ ।’ प्रवक्ता साहले भने ।

एन्फामा आर्थिक र वित्तिय सुधार नदेखिएको भन्दै फिफाले नेपालमा ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको छ । वित्तिय सुधारका लागि दिएको निर्देशन एन्फाले पालना नगरेको भन्दै फिफाले नेपालमाथि ‘सफ्ट’ खालको आर्थिक प्रतिबन्ध लगाएको हो । फिफाको ‘सफ्ट’ प्रतिबन्धका कारण एन्फाले योजना अनुसारका कार्यक्रम अघि बढाउन सकेको छैन भने काम कारबाही समेत प्रभावित बनेको छ ।

यो पनि पढ्नुहोस्

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

२ दिन अगाडि
आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक