बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रेशम चौधरीलाई आम माफी दिने प्रक्रिया सरकारले अघि बढाइयाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गठबन्धन जोगाउन रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय, कानून संशोधन गर्न अध्यादेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । टिकापुर नरसंहारमा दोषी ठहरिएर जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आम माफी दिने प्रक्रिया सरकारले अघि बढाएको छ।

सर्वोच्चले जेठ २ गते मात्रै जिल्ला र उच्च अदालतबाट भएको जन्मकैदको फैसला सदर गरेको भए पनि सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसर पारेर चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढाएको गृह मन्त्रालय स्रोतले जानकारी दियो।

कैलाली जिल्ला अदालतले उनलाई २०९४ साल फागुन १३ गतेसम्म जेलमा राख्न भनेको छ। उक्त आदेश उच्च र सर्वोच्च अदालतबाट समेत सदर भएको अवस्थामा उनी अझै १४ वर्ष जेल बस्नुपर्ने भए पनि सरकारले गणतन्त्र दिवसका अवसरमा माफी दिन लागेको हो। चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका थिए।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत हुन्। हालको सत्ता गठबन्धनमा चार सिट मात्रै भए पनि निर्णायक हैसियतमा रहेको उन्मुक्ति पार्टीले आफ्ना संरक्षकलाई जेलमुक्त गर्नुपर्ने शर्त राखेको छ।

राजनीतिक सौदावाजीको फाइदा लिँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकापुर नरसंहारका दोषीलाई छुटाउने तरखरमा लागेको हो। गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँलाई पनि आममाफी दिने विषयम छलफल भइरहेको छ।’

चौधरीलाई जेलमुक्त गर्न सरकारले पटक पटक प्रयास गर्दै आएको छ। गत मंसिरमा प्रचलित कानुनलाई तोडमोड गर्दै अध्यादेश नै ल्याएको थियो।

त्यस्तै जेठ २ गते सर्वोच्चले सजाय सदर गर्नुअघि सरकारले मुलुकी अपराध संहिताको संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको थियो। राजनीतिक प्रकृतिका जुनसुकै अदालतमा विचाराधीन मुद्दालाई पनि फिर्ता लिन सक्ने कानुनी व्यवस्था गर्न विधेयक ल्याएको अवस्थामै सर्वोच्चले मुद्दा फैसला गरेको हो।

मुलुकी अपराध कार्यविधि संहिता २०७४ ले विभिन्न दश किसिमका अपराधका दोषीलाई आममाफी दिन नमिल्ने व्यवस्था गरेको छ। तर चौधरी दोषी ठहर भएको कर्तव्य ज्यान मुद्दा ‘ब्लक लिष्ट’मा नभएकाले गृहले आममाफीको प्रक्रिया अघि बढाएको हो।

टिकापुर घटनामा नाबालक र उच्च तहको प्रहरी अधिकृतसमेत सात जना मारिएका थिए।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

२७ मिनेट अगाडि
प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त

प्रम शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे संसदीय दलको बैठक सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक