मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सरकारको कार्यक्रमविहीन वार्षिक नीति !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारको कार्यक्रमविहीन वार्षिक नीति !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
सरकारको नीति छ, कार्यक्रममा कुनै योजना छैन !
काठमाडौं/सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्ना कार्यक्रम र योजना नसमेटी सार्वजनिक गरेको छ । सरकारले यही नीति तथा कार्यक्रमअनुसार बजेट प्रस्तुत गर्ने भए पनि उल्लेखनीय योजना नै सार्वजनिक गर्न नसकेको हो, जसको स्वयं सांसदहरुले पनि आलोचना गरेका छन् ।
पछिल्लो समय नेपालको अर्थतन्त्र समस्यामा परिरहेको छ । बाह्य तथा आन्तरिक कारणले अर्थतन्त्रमा विभिन्न समस्या देखिए पनि त्यसलाई दीर्घकालीन समाधान गर्नेतर्फ भने सरकारले यो नीति तथा कार्यक्रममा ध्यान दिएको देखिँदैन । त्यसैले सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै सुधार गर्नुपर्ने प्रशस्त ठाउँहरु देखाएका छन् ।
संसदमा अहिले सरकारको नीति तथा कार्यक्रमको छलफल चलिरहेको छ । छलफलमा सांसदहरुले संसद् संचालन, नीति तथा कार्यक्रम र बजेटको प्रक्रियामाथि नै प्रश्न गरेका थिए । रास्वपा सांसद सुमना श्रेष्ठलगायत केही सांसदहरुले क्यालेन्डर लागु गर्नुपर्नेमा जोड दिएका थिए, जुन प्रस्तावलाई बहुमत सांसदले अस्वीकार गरे । तालिका अनिवार्य भएको भए अर्थ मन्त्रालयअन्तर्गत नै गरिएको सार्वजनिक खर्च र वित्तीय उत्तरदायी प्रणाली (पीईएफए) संस्थागत र सुचारु हुने सांसद श्रेष्ठको तर्क छ । उक्त प्रणालीमार्फत् ७ महिना अघि नै बजेट बनाउने कामको थालनी सुरु गर्ने उल्लेख छ ।
कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले पनि बजेटका लागि कम्तीमा ७ महिनाको पूर्व समय हुनुपर्नेमा जोड दिएका छन् । ‘अर्थ मन्त्रालयमा अहिले करिब–करिब सबै मन्त्रालयको बजेट लक भएर छापिनुपर्ने अवस्थामा छ । र, केही दिनमै बजेट छापिन्छ । त्यसो भए हामीले यत्रो दिन किन छलफल गरेको ? समय व्यर्थ किन फालेको ? किनकि, यसभन्दा पहिले पनि हामी यसै गथ्र्र्यौं, श्राद्धमा बिरालो बाँधेको जस्तै,’ उनले भने, ‘यो तरिकालाई हामीले बदल्नुपर्छ, बदलौँ । बदल्न सकिन्छ ।’
यस्तै, कात्तिकमा स्रोत समितिको बैठक राखेर खर्चको सीमा निर्धारण गर्ने, मंसिरमा सरकारले विनियोजन विधेयकको सिद्धान्त संसद्मा प्रस्तुत गर्ने र एक महिना छलफल गरेर पारित गर्ने प्रस्ताव उनले गरेका थिए । त्यस्तै, पुसमा संसद्बाट पारित भएको सिद्धान्तको आधारमा मन्त्रालयले सम्बन्धित सिलिङ र मार्गदर्शन पाउनुपर्ने, माघमा मन्त्रालयबाट कार्यक्रमसहित त्यो विषय फेरि संसद्मा आउनु पर्ने अनि, अर्थ
समितिलगायत अरू विषयगत समितिमा पठाएर बजेट निर्माण गर्ने क्रम अर्थ मन्त्रालयबाट सुरू गर्नुपर्ने सांसद थापाको जोड थियो ।
अर्कोतर्फ रास्वपाका अर्का सांसद स्वर्णिम वाग्लेले पनि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको जनाएका छन् । उनले नीति तथा कार्यक्रम कर्मकाण्डमा मात्रै अल्मलिएको टिप्पणी गरे । उनले नवीनता, ऊर्जा, प्रेरणा र महत्त्वकांक्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गरे । ‘परम्परा धान्नलाई ल्याइएको दस्ताबेज हो । र परम्परा धानिएको पनि छ,’ वाग्लेले भने, ‘नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौं होला ।’
उनले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको दाबी गरे । जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन उनले सरकारलाई आग्रह पनि गरे । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । ‘बजेटहरु अविश्वसनीय हुनुको कारण के पनि हो भने जेठमा सुन्निएको, अविश्वसनीय बजेट बनाउने, अनि माघमा चुपचापसँग साइजमा लिएर आउने । तसर्थ यसपालि यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह गर्छु । पूर्वाधारकै मोडलमा पनि हामीले पुनर्विचार गर्नुप¥यो । पूर्वतयारी, लागत, सञ्चालको मोडालिटी इत्यादिमा हामीले नयाँ शिराबाट बहस गर्नुपर्ने हुन्छ,’ उनले भने । सांसद वाग्लेले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जघाउने खालको बजेट आउनुपर्ने भन्दै सरकारलाई सुझाव दिए ।
सरकारले ल्याउने नीति तथा कार्यक्रममा विशेषगरी अर्थतन्त्रलाई बलियो बनाउने योजना हुनुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित र आयातमुखी छ । कृषि क्षेत्रलाई बढावा दिने, स्वदेशी उत्पादनको वृद्धि र रोजगारी सृजना जस्ता क्षेत्रमा सरकारले ठूलो फेरबदल हुनेगरी कार्यक्रम ल्याउनुपने आवश्यकता पनि छ । तर, यो सरकारले पनि त्यो अपेक्षालाई आफ्नो नीति तथा कार्यक्रममा समेट्न सकेको देखिँदैन ।

यो पनि पढ्नुहोस्

FM Dar rubbishes ‘fake, fabricated’ video of Iranian official about Pakistan attacking Israel with nuclear weapons

९ मिनेट अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

चट्याङसहित भारी वर्षाको सम्भावना

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

चट्याङसहित भारी वर्षाको सम्भावना

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक