बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज सिथि नखः

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आज सिथि नखः
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेवार समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ ।

सिथि नख हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्ने गर्दछन् । आज नै काठमाडौंको जोशीदेगलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारलाई पनि विशेष पुजा गरिन्छ । ४० वर्षजति अगाडि आजका दिन कार्तिकेय कुमारलाई बेलुकामा नगर परिक्रमा गरेर जात्रा गरिन्थ्यो तर अहिले यो जात्रा विभिन्न कारणले रोकिएको
छ ।
यस्तै भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र थिमिका लोकेश्वरको पनि आज जात्रा हुन्छ ।
सिथि नखःका दिन हरेक वर्ष पानीको श्रोतलाई पुन सरसफाई गर्नु पर्दछ र आफू बसेको वातावरणलाई सरसफाई गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको श्रोत इनार, कुवाको पनि सरसफाई गरिन्छ । इनारको विशेष पूजा गरी इनार भित्र गएर सफा गरिन्छ । सफा गरिसकेपछि चार दिनसम्म इनारबाट पानी तानिदैन, छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्नको लागि आजकै दिन पर्खिने परम्परा छ ।
अहिलेको मौसममा पानीको सतह कम हुने भएकोले सफा गर्न सहज हुने भएकोले अग्रजहरुले यो दिनलाई उपयुक्त मानेको हुन सक्ने अनुमान स्थानीय समुदाय गर्ने गर्दछ । यस पर्वसँगै १५ दिन बिराएर आउने चाडपर्वको क्रम समापन हुन्छ भने गठेमङ्गलबाट यो क्रम सुरु हुन्छ ।

यो पनि पढ्नुहोस्

एमालेको सचिवालय बैठक सुरू

एमालेको सचिवालय बैठक सुरू

७ मिनेट अगाडि
विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

२९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक