शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शंकरदेव क्याम्पस चिफसहित चार पदाधिकारीको राजीनामा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
शंकरदेव क्याम्पस चिफसहित चार पदाधिकारीको राजीनामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

१० जेठ, काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् ।

क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै एमाले र नेकपा समाजवादी निकट अनेरास्ववियूले ‘प्राध्यापक माथिको ज्यादती बन्द गर, राजीनामा दिएर जिम्मेवारीबाट भाग्न पाइँदैन’ भन्ने नारासहित ह्यासट्याग ‘सेभ शंकरदेव क्याम्पस’ चलाएका छन् ।

अनेरास्ववियू शंकरदेव क्याम्पस कमिटी अध्यक्ष सन्तोष शेर्पा अहिले क्याम्पसको शैक्षिक वातावरण बिग्रेको र विद्यार्थी प्रत्यक्ष प्रभावित भइरहेकाले आवाज उठाएको बताउँछन् । क्याम्पस प्रमुख तथा संकाय प्रमुखहरूले स्पष्ट कारण पनि नखुलाउने र विद्यार्थी प्रभावित हुने गरी राजीनामा दिन थालेपछि खबरदारी गरेको उनी बताउँछन् ।

‘क्याम्पस प्रमुख, फ्याकल्टी मेम्बरहरू अधिकांशले राजीनामा दिनुभएको छ । स्पष्ट कारण पनि दिइरहनुभएको छैन,’ उनी भन्छन्, ‘तर अनौपचारिक रूपमा भने स्ववियुको दबाबले हो भन्ने सुनिएको छ । त्यसैले प्राध्यापकहरू माथि कुनै पनि खालको दबाब, अभद्र व्यवहार हुनुहुँदैन र जिम्मेवार व्यक्तिले पनि भाग्नु मात्रै विकल्प होइन भनेर खबरदारी गरिएको हो ।’

समग्र क्याम्पसको शैक्षिक वातावरण नै लथालिंग छोडेर क्याम्पस प्रमुख तथा कार्यक्रम प्रमुखहरू जान नमिल्ने उनी बताउँछन् ।

बीबीएस चौथो वर्षको विद्यार्थीको रिपोर्ट बुझाउने समयावधि जेठ ५ गतेसम्म र त्यसलगत्तै हुनुपर्ने भाइवा अनिश्चित भएको छ । गत बिहीबार क्याम्पस प्रमुख जोशीले राजीनामा दिएपछि भाइवा कहिले हुने भन्ने अनिश्चित भएको अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटी सहसचिव बालकृष्ण खड्का बताउँछन् ।

उनी भन्छन्, ‘रिपोर्ट बुझाएलगत्तै भाइवा हुनुपर्ने हो तर क्याम्पस प्रमुखले राजीनामा दिएर क्याम्पस आउनै छोड्नुभयो, हाम्रो भाइवा नै अनिश्चित भएको छ । उहाँले यस्तो बेला घरायसी काम भन्दै राजीनामा दिन मिल्दैन ।’ काम गर्ने वातावरण अथवा कतैबाट असुरक्षित भए स्पष्ट भन्नुपर्ने तर घरायसी बहाना बनाएर शैक्षिक वातावरण नै प्रभावित हुने गरी जिम्मेवारीबाट पन्छिन नहुने उनले बताए ।

क्याम्पस प्रमुख केशवराज जोशीले व्यक्तिगत कारणले राजीनामा दिएको र आफ्नो राजीनामाले क्याम्पसको शैक्षिक वातावरण प्रभावित नभएको बताए । उनले भने, ‘व्यक्तिगत कारणले राजीनामा दिएको हो । मेरो राजीनामाले शैक्षिक वातावरण प्रभावित भएको छैन ।’ राजीनामा स्वीकृत नभइसकेकाले विद्यार्थीको काम–कारबाही नरोकिएको उनको भनाइ छ ।

तर क्याम्पसमा लफडा भइरहेकैले जेठ ९ गतेदेखि हुने भनिएको बीबीएस दोस्रो वर्षको पठनपाठन स्थगित भएको विद्यार्थी वृश्चिका कार्की बताउँछिन् । उनी भन्छिन्, ‘चीफ सरसँगै अरू सर–म्यामहरूको राजीनामा आएकाले लफडा भइरहेको छ भन्ने सुनेको हो । त्यही भएर हाम्रो पढाइ नहुने भन्ने रहेछ ।’

सहायक क्याम्पस प्रमुख मिखा श्रेष्ठले मंगलबारदेखि हुने भनिएको पढाइ स्थगित भएको सूचना सार्वजनिक गरेकी छिन् । सूचनामा विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि कक्षाहरू स्थगन गरिएको उल्लेख छ ।

सहायक क्याम्पस प्रमुख भोजराज ओझाले अलि अगाडि नै आफ्नो कार्यावधि सकिएकाले राजीनामा दिएको बताए । बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम उप–निर्देशक केशर खातीले भने काम गर्ने वातावरण नबनेकाले राजीनामा दिएको बताए । बीबीएम कार्यक्रम निर्देशक रीता मास्केले भनिन्, ‘विभिन्न कारणले काम गर्ने वातावरण नबनेपछि राजीनामा दिएँ ।’

स्ववियु नेतृत्वसँगको बेमेल

क्याम्पसमा कार्यरत एक प्राध्यापक राजनीतिक खिचातानीको कारण क्याम्पसको वातावरण बिग्रँदै गइरहेको बताउँछन् । उनले भने, ‘राजनीति बढी नै हावी हुन थालेको छ । कतै नहुनेहरूलाई काम गर्न समस्या भइरहेको बुझिरहेको छु ।’ व्यक्तिगत कारणले राजीनामा दिएको भन्ने गरे पनि स्ववियु नेतृत्वसँगको बेमेलका कारण क्याम्पस प्रमुखले राजीनामा दिएको उनी बताउँछन् ।

भन्छन्, ‘स्ववियु नेतृत्व र उहाँहरू एउटै पार्टीको भएकाले राजीनामा दिनुको कारण खुलाउन नचाहनुभएको हो तर स्ववियुको दबाबको कारण हो । निर्वाचनदेखिकै उहाँहरूबीचको सम्बन्ध सौहार्द छैन । त्यसपछि अलि अस्ति पनि सामान्य विवाद भएको थियो ।’

बीबीएमका निर्देशक तथा उप–निर्देशकसँग भने बीबीएम कप कार्यक्रम आयोजना गर्ने सन्दर्भमा मतभेद भएको एक विद्यार्थी बताउँछन् । सोही क्रममा स्ववियुले उप–निर्देशक केशर खातीलाई अपशब्द प्रयोग गरेको उनको भनाइ छ ।

विजेता क्याम्पसले आयोजना गर्नुपर्ने व्यवस्था अनुसार शंकरदेवले यो वर्ष आयोजना गर्नुपर्ने थियो । सोही क्रममा विभागले आयोजना गर्ने तयारी गरिरहेको बेला स्ववियुले हस्तक्षेप गरेर आयोजक बनेपछि समस्या देखिएको उनको भनाइ छ । त्यही कारण निर्देशक तथा उपनिर्देशकले राजीनामा दिएको उनको जिकिर छ ।

उनी भन्छन्, ‘सर–म्यामहरू खै किन स्पष्ट बोल्नुहुन्न । राजीनामा दिनु उपाय होइन कि काम गर्नुप¥यो यदि काम नै गर्न नसक्ने हो भने पनि किन नसक्ने त भन्न सक्नुपर्छ नि !’ त्रिविस्तरीय बीबीएम कप (फुटसल कप) जेठ २ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको थियो ।

तर स्ववियु अध्यक्ष सुशान्त बस्नेतले भने स्ववियुले कुनै पनि प्राध्यापकलाई अभद्र व्यवहार नगरेको र राजीनामा दिन बाध्य नबनाएको जिकीर गरे । उनले भने, ‘हामीले कुनै पनि प्राध्यापकलाई अभद्र व्यवहार अथवा राजीनामा दिन बाध्य बनाएका छैनौं । सहायक क्याम्पस प्रमुख भोजराज सरलाई चाहिं तीन कार्यकाल भइसकेकाले नयाँलाई अवसर दिन आग्रह गरिएको हो ।’

स्ववियु अध्यक्ष सुशान्त बस्नेत

स्ववियु आएपछि छात्रा शौचालयको ढोका र स्वस्थ खानेपानीको समस्या समाधानको लागि पहल गरेको तर नभएको अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘यदि कसैले स्ववियुको कारण राजीनामा दिएँ अथवा स्ववियुले बाध्य बनायो भन्नुहुन्छ भने कसरी भन्ने हामीलाई उत्तर चाहिन्छ तर आक्षेप लगाउनकै लागि भनिएको हो भने हामीलाई मान्य हुने छैन ।’

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

५ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

५ घण्टा अगाडि

क्याम्पस प्रमुख तथा प्राध्यापक पदका व्यक्तिहरूले क्याम्पसको शैक्षिक वातावरण बिग्रिने गरी राजीनामा दिन नहुने र त्रिविले तत्काल समस्याको समाधान खोज्नुपर्ने आवाज उठाइरहेको बस्नेतले बताए । उनले भने, ‘क्याम्पस नै प्रभावित हुने गरी नेतृत्वले काम गर्नुहुँदैन भन्नेमा हामी स्पष्ट छौं । यो विषयमा डीन कार्यालयसँग कुरा भइरहेको छ ।’

तर व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा भने औपचारिक रूपमा जानकारी नपाएको बताउँछन् । उनी भन्छन्, ‘उपकुलपतिकहाँ राजीनामा बुझाउनुपर्ने भएकाले उता आएको होला । मैले पनि सुनेको हुँ तर मलाई औपचारिक जानकारी छैन ।’

उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले शंकरदेव क्याम्पसको राजीनामा आएको तर किन राजीनामा दिए भन्ने विषयमा बुझ्न बाँकी रहेको जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक