शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल एनएससी-काभा कप २०२३ को सेमिफाइनलमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल एनएससी-काभा कप २०२३ को सेमिफाइनलमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बंगलादेशलाई तीन-शून्य सेटले पराजित गर्दै नेपाल एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक आयोजना भएको च्यालेन्ज कपमा समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि २५-१०, २५-८, २५-९ ले पराजित गर्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा किर्गिस्तानलाई हराएर तीन अंक बटुलेको नेपालले बंगलादेशमाथिको जितसँगै ६ अंक बनाएको हो । यसै समूहबाट भारतले किर्गिस्तानमाथि तीन-शून्यको सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

समूह विजेता र उपविजेताको छिनोफानो आज (बुधबार) हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, मंगलबार नै भएको समूह ‘बी’ को खेलमा काजकिस्तानले श्रीलंकामाथि निकै नै प्रतिस्पर्धात्मक खेलमा तीन-एक सेटको जित निकाल्न सफल भयो । पहिलो र दोस्रो सेट २५-१६, २८-२६ ले आफ्नो पक्षमा पारेको काजकिस्तानले तेस्रो सेट १८-२५ ले श्रीलंकालाई सुम्पियो ।

यस्तै, चौथो सेटमा निकै नै प्रतिस्पर्धात्मक रूपमा २९-२७ ले काजकिस्तानले जित्दै जित आत्मसात गर्‍यो । यस जितका साथै काजकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजकिस्तानले माल्दिभ्सलाई पराजित गरेको थियो ।

त्यसअघि भएको पहिलो खेलमा भारतले किर्गिस्तानलाई पराजित गरेको थियो । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । भारतले किर्गिस्तानलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको हो ।

यसअघि सोमबार भएको पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो । भारतले किर्गिस्तानलाई पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५-८ र तेस्रो सेटमा २५-८ अंकले हराएको हो । किर्गिस्तानको यो दोस्रो पराजय हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा किर्गिस्तान नेपालसँग पराजित भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा सञ्चालित सो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

यो पनि पढ्नुहोस्

केप भर्डे नकआउट चरणमा पुग्याे

केप भर्डे नकआउट चरणमा पुग्याे

९ घण्टा अगाडि
स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक